मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित ब"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी

३ मंसिर २०७३, शुक्रबार ०८:२१

मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । 

गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरक बिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ । 

चारैतिर हिमालले घेरेको तीन हजार ६०० मिटर उचाइमा रहेको नाम्चेका प्रहरी जाडोमा थरथर काँपेरै दिनरात बिताउनु पर्ने कारण हो भवनको अभाव ‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिए पनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो । 

“प्रहरीको हालत देखेर बिचरा भन्दै हिँड्छन देख्नेहरू पनि”, नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भन्नुभयो – “कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।” 

सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइ हो नाम्चे इलाका । सत्रजनाको दरबन्दी भएको सो कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर आफ्नो जग्गा नभएको भने होइन । 

नाम्चे–३ मै १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ । “तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ ।” निरीक्षक यादव भन्नुहुन्छ – “जहाँ भए पनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैँ असुरक्षित छौ ।” 

नाम्चेमा २०५४ सालमा प्रहरी चौकी स्थापना भएको हो । सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भए पनि प्रहरीको भने बेहाल छ । खासगरी वर्षको छ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ । 

सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै छ, तर अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको छ । स्वास्थ्य संस्था, विद्यालयजस्ता अन्य निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरे पनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य