मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित ब"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

चिसोले थरथर काप्दै रात बिताउँछन् नाम्चेका प्रहरी

२०७३, ३ मंसिर शुक्रबार ०८:२१

मङ्सिर ३, सोलुखुम्बु । दिनप्रतिदिन बढिरहेको चिसोले इलाका प्रहरी कार्यालय नाम्चेमा कार्यरत प्रहरीलाई नागरिक सुरक्षाभन्दा पनि बढी जाडोबाट आफ्नो शरीरलाई कसरी सुरक्षित बनाउने भन्ने चिन्ता छ । 

गर्मी समयमै पनि ज्याकेट बिना बाहिर निस्कन र बाक्लो सिरक बिना रात बिताउन नसकिने नाम्चेका प्रहरीलाई आजभोलि दिन त जसोतसो बित्छ तर रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ । 

चारैतिर हिमालले घेरेको तीन हजार ६०० मिटर उचाइमा रहेको नाम्चेका प्रहरी जाडोमा थरथर काँपेरै दिनरात बिताउनु पर्ने कारण हो भवनको अभाव ‘क’ वर्गको इलाका प्रहरी कार्यालय भनेर साइनबोर्डमा लेखिए पनि आफ्नो भवन नहुँदा त्यहाँका प्रहरी जस्ताको टहरामा बस्दै आएका छन् । भएको भवन पनि डेढ वर्षअघिको भूकम्पले भत्काएपछि उनीहरूको यस्तो बिजोग भएको हो । 

“प्रहरीको हालत देखेर बिचरा भन्दै हिँड्छन देख्नेहरू पनि”, नाम्चेस्थित इलाका प्रहरी कार्यालयका निरीक्षक तेजनारायण यादवले भन्नुभयो – “कतिले त नेपालको पुलिसको हालत साह्रै खराब हुनेरहेछ पनि भन्छन् ।” 

सोलुखुम्बुको सबैभन्दा माथिको प्रहरी एकाइ हो नाम्चे इलाका । सत्रजनाको दरबन्दी भएको सो कार्यालय वर्षौंदेखि राष्ट्रिय निकुञ्जको जग्गामा छ । तर आफ्नो जग्गा नभएको भने होइन । 

नाम्चे–३ मै १४ आना क्षेत्रफलको जग्गा प्रहरीको नाममा छ । “तर उपयुक्त चाहिँ अहिले बसेको ठाउँमै छ ।” निरीक्षक यादव भन्नुहुन्छ – “जहाँ भए पनि आफ्नै भवन भएको भए बस्न सजिलो हुने थियो । अरूको सुरक्षाका लागि बस्ने प्रहरी आफैँ असुरक्षित छौ ।” 

नाम्चेमा २०५४ सालमा प्रहरी चौकी स्थापना भएको हो । सीमा प्रशासन, सगरमाथा राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको गुल्मलगायतका कार्यालय केही व्यवस्थित भए पनि प्रहरीको भने बेहाल छ । खासगरी वर्षको छ महिना पर्यटकको ठूलो भीड हुने खुम्बु क्षेत्रमा प्रहरी र सरकारी निकायको उपस्थिति कमजोर भएको गुनासो बारम्बार सुनिँदै आएको छ । 

सोलुखुम्बुका प्रायः सबै चौकीको हालत उस्तै छ, तर अत्यन्तै चिसो हुने नाम्चेका प्रहरीलाई भने रात बिताउनै मुस्किल पर्ने गरेको छ । स्वास्थ्य संस्था, विद्यालयजस्ता अन्य निकायलाई विभिन्न देशी–विदेशी संस्थाले सहयोग गरे पनि प्रहरीलाई भने कसैले सहयोग नगर्ने हुँदा पनि सबैले उपेक्षा गरेजस्तो बनेको स्थानीयवासीको भनाइ छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन