२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

राष्ट्रिय एकता दिवसको अवसरमा र्याली सम्पन्न

२७ पुष २०७२, सोमबार १०:२४

सूर्य बास्तोला/ पौष २७, पोखरा । २९४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय
एकता दिवसको अवसरमा राप्रपा नेपाल कास्कीको आयोजनामा भव्य एकता र्याली सम्पन भएको छ ।

राप्रपा नेपालको देशका ७५ वटै जिल्लामा नेपाललाई एकीकरण गरी एउटै मालामा उन्ने
काम गरेका बडामहाराजधिराज पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै एकता दिवस मनाउने निर्णय गरे बमोजिम
पोखरामा भव्य र्याली सम्पन्न गरिएको हो ।
पोखराको चिप्लेढुङ्गबाट बाजागाजा, भजन, झाँकीसहित शुरु हुने
उक्त ¥याली न्यूरोड, सभागृहचोक, पृथ्वीचोकमा पुगी विशेष एकता सभामा परिणत भएको थियो ।
newsसभालाई सम्वोधन
गर्दै प्रमुख अतिथि अञ्चल संयोजक तथा केन्द्रीय सदस्य रमेश बहादुर भट्टराईले बडामहाराज पृथ्वीनारायण
शाहले धेरै राज्यमा टुक्रिएर रहेको देशलाई एउटै सुत्रमा बाँधी नेपाल एकीकरण गरेको बताउँदै उहाँको
एकीकरणको कारण नै अहिले हामीले नेपाल भन्न पाएको बताउनुभयो ।

कार्यक्रममा केन्द्रीय सदस्य रोमबहादुर भण्डारी, क्षेत्रीय अध्यक्ष गीता गुरुङ्ग, जिल्ला
उपाध्यक्ष भीम भण्डारी, अधिवक्ता कृष्ण प्रसाद चापागाई लगायतले पृथ्वीनारायण शाहले नेपाल एकीकरणका लागि
गर्नुभएको योगदानको बारेमा चर्चा गर्दै एकता दिवसमा राष्ट्रिय विदाको समेत माग गर्नुभएको छ ।

pokhara

एकता ¥यालीमा पार्टीका
केन्द्रीय सदस्यहरु शिवकुमार बाँस्तोला, देवीजंग गुरुङ्ग, विष्णुदेवी गुरुङ्ग, अञ्चल सचिव तथा राष्ट्रिय
पत्रकार समाजका अध्यक्ष सूर्य बास्तोला, जिल्लाका पदाधिकारीहरु, उपाध्यक्षहरु, प्रजातान्त्रिक युवा
संगठनका केन्द्रीय सदस्य हिक्मतजंग कार्की, मुस्लिम समाजका केन्द्रीय सदस्य अमिर मियाँ, भातृस ंगठनका
अध्यक्ष तथा पदाधिकारीहरु, क्षेत्रीय अध्यक्षहरु, कार्यसमिति सदस्यहरु र जिल्लाका नेता तथा कार्यहरुहरु
एवं पोखरेली जनसमुदायहरुको उल्लेख्य उपस्थि ति रहेको थियो ।

राप्रपा नेपाल कास्कीका अध्यक्ष जयलाल पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन
प्रशिक्षण विभाग केन्द्रीय सदस्य बरुण बिक्रम राणाले गर्नुभएको थियो ।

pokhara 1
तस्बिरः शिब न्यौपाने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव