मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिप"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

आफ्नै दुई दाजुहरुको हत्या गरी फरार नवलपरासीका लालबहादुर १५ वर्षपछि पक्राउ

३ मंसिर २०७३, शुक्रबार १४:४३

मङ्सिर ३, नवलपरासी । नवलपरासीमा आफ्नै दाजुहरुको हत्या अभियोगमा दोषी ठहर एक व्यक्ति १५ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी तम्सरिया ३ घरभई बेनिमणिपुर ७ चिसापानीका ५४ वर्षीय लालबहादुर कुमाल छन् ।

 विस २०५८ सालमा जग्गा विवादमा सानी आमाका ३ छोरा लालबहादुर कुमाल, डिलबहादुर र गंगातिर कुमालले आफ्नो ठुली आमाका बलबहादुर, धनबहादुर र मित्रबहादुरमाथि आक्रमण गरेका थिए । बलबहादुर र धनबहादुरको मृत्यु भएको थियो भने मित्रबहादुर घाइते भएका थिए ।

घटना पश्चात डिलबहादुर र गंगातिरलाई पक्राउ परेपनि लालबहादुर फरार थिए ।  आक्रमण गर्ने तीनै जनालाई जिल्ला अदालत नवलपरासीले कर्तव्य ज्यान मुद्दामा सर्वस्व सहित -२० वर्ष) जन्म कैदको फैसला गरेको थियो ।

लालबहादुर भने लामो समय भारतमा लुकेर बसेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पछिल्लो समय नवलपरासीकै बेनिमणिपुर ७ स्थित चिसापानीको डाडाँमा घर बनाएर बसेका थिए । फरार अपराधीहरुको खोलेर अनुसन्धान गर्न सुरु गरेपछि लालबहादुर पनि पक्राउ परेका इप्रका कावासोतीका प्रमुख डिएसपी राजेश थापाले बताए ।

उनले भने, सवारी साधन समेत सजिलै नजाने ठाउँमा एकान्तमा कसैले नथाहा पाउने गरी बसेका थिए तर हाम्रो टोलीले उनलाई पक्राउ गर्‍यौं ।’

पक्राउ परेका लालबहादुरलाई अदालतमा पेश गरी कारागार चलान गरिएको छ । फरार अभियुक्तलाई पक्राउ गर्ने अभियान नै चलाएर केही महिनामानै ६ जना फरार अभियुक्तलाई पक्राउ गरिसकेको डीएसपी थापाले बताएका छन् । -अनलाइनखबरबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो