९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

जग्गाधनी नभेटिँदा पुनःनापीमा कठिनाइ

४ मंसिर २०७३, शनिबार ०२:४२

मङ्सिर ४, ललितपुर । नापीको टोली जग्गामा पुग्दा जग्गाधनी नभेटिँदा जिल्ला नापी कार्यालयलाई पुनःनापीको काम अघि बढाउन गाह्रो भएको छ । 

नापी भएको पाँच दशकपछि पुनःनापी भइरहँदा जग्गाधनीले भने आफूसँग कागजात छँदैछ भनेर चासो नदिएको कार्यालयका प्रमुख बुद्धिमान जैसीले बताउनुभयो । पहिले बेवास्ता गर्ने जग्गाधनीले पछि विवाद झिक्ने र जग्गाधनी जग्गामा नभेटिँदा नापी लम्बने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पहिले बेवास्ता गर्ने नै पछि फेरि गएर फेरि नाप्नुप¥यो भन्दै कार्यलय आउने गर्छन् ।” 

टोली खटिएका समयमा जग्गाधनी भेटिँदा सहज भए पनि फेरि टोली पठाउन गाह्रो हुने उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “विवाद वा समस्या आए पनि फिल्डमा समाधान गर्न छिटो र सजिलो हुन्छ ।” कार्यालयका प्रतिनिधि नापीका लागि जाँदा कतिपय फुर्सद नभएर र धेरैले बेवास्ता गरेर घर वा जग्गामा उपस्थित हुँदैनन् । 

कार्यालयले जग्गाको अवस्थामा कैयौँ गुणा परिवर्तन भएका इमाडोल, टीकाथली, सैँबु, ललितपुर उपमहानगरपालिकाका विभिन्न स्थानमा तीन वर्षदेखि पुनःनापी गर्दै आएको छ । विसं २०२१ पछि यी स्थानमा नापी हुन सकेको थिएन । 

पुनःनापी भइरहेका ती स्थानमा जग्गाको स्वरुप झन्डै ४०० प्रतिशतसम्म परिवर्तन भएको पाइएको कार्यालयले बताएको छ । जग्गाको स्वरुपमा झन्डै ६० प्रतिशत परिवर्तन हुँदा पुनःनापी गर्नुपर्ने मान्यता छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो