२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

छैटौ संस्करणको पोखरा महोत्सवलाई टोलबिकास संस्थाहरु र नगर समन्वय समितीले सहयोग गर्ने

२८ पुष २०७२, मंगलवार ११:२३

पुस २८, पोखरा ।  छैटौ संस्करणको
पोखरा महोत्सवलाई भब्यताका साथ सफल बनाउनका लागी पोखरा नगर क्षेत्रमा रहेका विभिन्न टोलबिकास संस्थाहरु
र नगर समन्वय समितीले सहयोग गर्ने भएका छन् । हिजो महोत्सव स्थल अमरसिंह चौरमा गरेको अन्तरक्रिया
कार्यक्रममा युनाइटेड क्लवले आयोजना गर्दै आइरहेको पोखरा महोत्सवलाई विगतमा पनि सहयोग गर्दै आइरहेको र
छैटौ पोखरा महोत्सवलाई पनि भब्य र सब्य बनाउका लागी सहयोग गर्ने बताएका हुन ।


अन्तरक्रिया कार्यक्रममा वोल्दै टोल बिकास संस्था नगर समन्वय समिती पोखराका
अध्यक्ष उज्जवल केसीले पोखरा महोत्सव पोखराकै उत्कृष्ट महोत्सव भएकाले यसलाई विगतका वर्षहरुमा जस्तै यो
वर्ष पनि भब्य र सब्य बनाउनका लागी सम्पूर्ण टोल बिकास संस्था र नगर समन्वय एकजुट भएर लागी पर्ने
वताउनुभयो ।

महोत्सवको उद्घाटन समारोहको दिन पोखराका सम्पूर्ण
नगर समन्वय समिती र टोल बिकास संस्थाको सहकार्यमा विभिन्न आमा समुह, जातजाति भाषाभाषीका समुहलाई ¥यालीमा
समाहित गराउने समेत केसीले वताउनुभयो । युनाइटेड क्लवका अध्यक्ष तथा महोत्सव संयोजक हिमालय बख्रेलले
पोखरा महोत्सव विशुद्ध सामाजिक कार्यका लागी आयोजना हुदै आएको र सवै पोखरेलीहरुको सहयोगमा यो वर्षदेखि
पोखरा महोत्सवले पोखरालाई मात्र नभइ लेखनाथ क्षेत्रलाई समेत समेटेर अगाडी वढेको वताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा पोखरा उपमहानगरपालिकाभित्र रहेका १८ वटै वडाका
टोल बिकास संस्थाका अध्यक्ष सहित पदाधिकारीहरुको सहभागीता रहेको थियोभने क्लवका पदाधिकारीहरुको समेत
सहभागीता रहेको क्लवका सल्लाहकार तथा महोत्सवका संघ सस्था तथा झाकी ¥याली संयोजक सम्मरबहादुर श्रेष्ठले
जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य