मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दु"/>

१२ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दर्भ विश्व चर्पी दिवसः सरकारी निकाय र सार्वजनिक शौचालय दुरवस्थामा

४ मंसिर २०७३, शनिबार ०३:०१

मङ्सिर ४, भक्तपुर । आज ‘विश्व चर्पी दिवस’। विश्वभर ‘शौचालय र काम’ नाराका साथ यस वर्ष नोभेम्बर १९(मङ्सिर४) मा ‘विश्व चर्पी दिवस’ मनाइँदैछ । 

विश्वमा दुई अर्ब चालिस करोड मानिस शौचालयविहीन भएको बताइएको छ । दिगो विकासको लक्ष्य २०१५ मा सन् २०३० भित्र विश्वका हरेक स्थानमा हरेक मानिसमा शौचालयको पहुँच पु¥याउने लक्ष्य लिइएको छ । विश्व स्वास्थ्य सङ्गठन २०१५ को तथ्याङ्कानुसार विश्वभर १० जनामा एक जनाले खुलेआम दिसापिसाब गर्ने गरेको पाइएको छ । 

डब्लुएएस–एच वाच २०१६ का अनुसार तीन लाख १५ हजार बालबालिका प्रत्येक वर्ष शौचालयको अभावमा झाडाबान्ताको सिकार हुने गरेका छन् । 

नेपाल सरकारले सन् २०१७ भित्र सबै नेपालीका घर घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य लिएको छ । यसै अभियान अन्तर्गत जिल्ला जिल्लामा खुल्ला दिसामुक्त अभियान सञ्चालन भइरहेको छ । हालसम्म ३८ जिल्ला खुला दिसामुक्त घोषणा भइसकेको छ । भक्तपुरलाई विसं २०७१ कात्तिक ४ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । 

जिल्लाको सबैभन्दा बढी सेवाग्राहीको चाप हुने सरकारी कार्यालय मालपोत, नापी, जिविस, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, प्रहरी कार्यालय र नगरपालिकाका कार्यालयमा शौचालयको उचित प्रबन्ध नहुँदा सेवाग्राहीले निक्कै सकस व्यहोर्न बाध्य हुनुपरेको छ । 

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरले खुला दिसामुक्त जिल्ला घोषणापछि पूर्ण सरसफाइ अभियान सञ्चालन गरे पनि जिल्लामा सार्वजनिक शौचालयको उचित प्रबन्ध गर्न सकेको छैन । घोषणापछि तीव्रगतिमा सञ्चालन हुनुपर्ने पूर्ण सरसफाइ अभियानले गति लिन नसक्दा जिल्लाको शौचालयको अवस्थामा सुधार आउन नसकेको हो । 

घोषणा भएको तीन वर्षमा जिल्लामा साबिकको कटुन्जे र ताथली गाविसमा एक एक र हालै अनन्तलिङ्गेश्वर नगरपालिकाको दधिकोटमा एउटा सार्वजनिक शौचालय निर्माण भएका छन । 

खुला दिसामुक्त क्षेत्र घोषणा भएको तीन वर्ष भइसक्दा पनि सरकारी निकायको शौचालयको उचित व्यवस्थापन गर्न नसकेको जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका संयोजक एवम् स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइराला स्वीकार गर्नुहुन्छ । उहाँले अनुगमनलाई निरन्तरता दिन नसक्दा सरकारी निकायको शौचालयको अवस्थामा सुधार आउन नसकेको बताउनुभयो । 

उहाँले जिविसको शौचालयको अवस्था नाजुक भएको स्विकार्दै विशेष गरी ठाउँको अभावले गर्दा जिविसमा सेवाग्राहीलाई सुविधासम्पन्न शौचालय बनाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सेवाग्राहीको त के कुरा गर्ने आफ्नै कर्मचारी समेत नाक खुम्चाएर हिँड्न बाध्य भएको देखेको छु ।” रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एयर इण्डियाको जहाजमा शंकास्पद वस्तु भेटिएन, दिल्ली उडानको तयारी एमाले कार्यालयको जग्गादान प्रक्रिया तत्काल यथास्थितिमा राख्न अल्पकालीन आदेश रविले हिरासतमा कतिबेला भेटघाट गर्न पाउँछन्, बाँकी समय के गरेर बिताउँछन् ? बम राखिएको सूचनापछि दिल्ली उड्न लागेको एयर इण्डियाको विमानमा सर्च मुलुकभित्र वर्षेनी ५ लाख रोजगारीका अवसर सिर्जना गर्न आवश्यक: श्रममन्त्री भण्डारी सर्वोच्च अदालत कात्तिक १५ देखि १९ गतेसम्म बन्द रहने धोनीले आइपीएल खेल्ने इजरायली आक्रमणमा परेर गाजामा पछिल्लो २४ घण्टामा ७० जनाको ज्यान गयो अख्तियारलाई निजी क्षेत्रमा प्रवेश गराउनु उचित छैन : सांसद बडु सरकारले भ्रष्टाचारका बारेमा शून्य सहनशिलताको नीति अपनाउँछः गृहमन्त्री धनराज गुरूङमाथि अनुसन्धान गर्न गगन थापाको माग महोत्तरीमा अनुहार जलाइएको अवस्थामा महिलाको शव फेला, हत्याको आशंका गृहमन्त्रीलाई रास्वपा सांसदको आग्रह : लामिछाने भाग्दैनन्, बाहिरै राखेर अनुसन्धान होस् ज्योतिष डा.अधिकारी भन्छन् : ‘मुलुक मध्यावधिमा जान्छ, सरकार कामचलाउ हुन्छ’ बझाङमा जीप दुर्घटना, चारजना घाइते नेपाल र भारतबीच फुटबल, चलचित्र जस्तै ओलीले भने, ‘म आउन भ्याइँन गृहमन्त्री आउनुहुन्छ बैठकमा’ नेपाल प्रिमियर लिग: आठवटै टिमले पाए प्रशिक्षक, कुन टिममा को ? हालसम्मकै उच्च विन्दुबाट आज घट्यो सुनको भाउ, तोलाको कति? बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका जवानद्वारा आत्महत्या