२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

नियमित पढाइ नभएपछि विद्यार्थिद्धारा विद्यालय तालाबन्दी

२०७३, ४ मंसिर शनिबार ०३:५७

नन्दराम जैशी/मङ्सिर ४, जुम्ला । लामो समयदेखि विद्यालयमा नियमित पढाइ नभएको भन्दै नेत्र ज्योति मावि हाँकु जुम्लाका विद्यार्थिले शुक्रबारदेखि विद्यालय तालाबन्दी गरेका छन् । 

दशै बिदादेखि हालसम्म विदालयमा झण्डै डेढ महिनाको अवधिसम्म पढाइ संचालन नभएको भन्दै विद्यार्थिले आज विद्यालय तालाबन्दी गरेका हुन् । यहि मंसिर १५ गतेपछि विद्यालयको बार्षिक अन्तीम परीक्षा संचालन हुने समय नजिकिदै गएपछि विद्यालयमा नियमित पढाइ संचालन नहुदाँ शिक्षकहरको ध्यानाकर्षण गर्न विद्यालय तालाबन्दी गर्नु परेको विद्यार्थिको भनाइ छ । 

 छात्र पुरीचन्द्र गौतमले भन्नुभयो, विदालयमा शिक्षकनै आउदैनन् पाठ्यक्रमको आधापनि कोर्ष पढाइ भएको छैन, कसरी परिक्षा दिने, यसले गर्दा अन्य विदार्थि भन्दा एस एलसि दिने विद्यार्थि धेरै मारमा परेका छन् छात्र गौतमको भनाइ छ । दशै यता विद्यालयमा तिन बिषयभन्दा बढि कुनैपनि दिन पढाइ संचालन नभएको बताउदै कक्षा १० मा अध्ययनरत ७५ जना विद्यार्थिहरु ठुलो समस्यामा परेको उहाले बताउनुभयो ।   

 त्यस्तै कक्षा ९ मा अध्ययनरत छात्रा सरीता पाण्डेले पटक पटक विद्यालयमा हाजिर हुने एक÷दुइ जना शिक्षकको ध्यानाकर्षण गराउदाँ अन्य शिक्षहरु उपस्थीत नभएपछि पढाइ संचालनकै लागि विद्यालयमा तालाबन्दी गर्नुका साथै निबेदन सहित विद्यालय प्रशासनलाइ ध्यानाकर्षण पत्र पेश गरेको बताउनुभयो । 

 विद्यालयकै अर्का कक्षा १० मा अध्ययनरत छात्र पदराज पाण्डेले तत्काल आइतबारबाट विद्यालयमा नियमित पढाइ संचालन नभए तालाबन्दी कायम राख्ने र अन्य सरोकारवाला निकायमा ध्यानाकर्षणका लागि धाउने बताउनुभयो । यता विद्यालय प्रशासनले परीक्षा अवधिसम्म कोर्ष पुराहुने गरी तत्काल सबै बिषयको पढाइ संचालन गर्ने जनाएको छ ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन