९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

प्रथम देवचुली महोत्सव सफल बन्दै, दर्शकको चापले १ दिन थप

४ मंसिर २०७३, शनिबार ०६:१३

मंसिर ३, नवलपरासी ।  प्रथम देवचुली महोत्सव सफल समापनको उत्तराद्र्धमा पुगेको छ । कार्तिक २५ देखि मंसिर ५ गतेसम्म चल्ने महोत्सवमा कुनै दिन पनि दर्शकको कमीको महसुस भएको छैन । महोत्सवको नवौँ दिन २५ हजार मानिसले मेलाको अवलोकन गरेका छन् । महोत्सवले लिएको उदेश्य पूर्णरूपमा पूरा भएको मेला सफल बनाउन सहयोग गर्ने सबैलाई मू्ल समारोह समितिका संयोजक केबी रानाले हार्दिक धन्यवाद व्यक्त गरे । 


कला संस्कृति संरक्षण पर्यटनको आधार आर्थिक समृद्धिका लागि कृषि उद्योग तथा व्यापार भन्ने मूल नारासहित कावासोती खेल मैदानमा महोत्सव जारी छ । मेलामा १ सय ५० वटा स्टलहरू रहेका छन् । महोत्सवको नवौँ दिन शिक्षा विशेष कार्यक्रम सुरू भएको छ । शिक्षा समितिको आयोजना शुक्रबार विद्यार्थीको ¥यालीसँगै चित्रकला, नृत्य र वक्तृत्वकला आयोजना गरिएको छ । प्रतियोगितामा जिल्लाका ३ दर्जन विद्यालयले सहभागीता जनाएको शिक्षा उप समितिका सदस्य सचिव तीर्थ कँडेलले जानकारी दिए । 


नवलपरासी जिल्लामा लामो समयदेखि विभिन्न संघ संस्थाहरूले मेला महोत्सवहरू आयोजना गर्दै आएका छन् । कुनै सफल भए, केहि असफल पनि । धेरै जसो महोत्सवमा दर्शकहरूको निकै कमी देखियो । नवलपरासीको कावासोतीमा आयोजना गरिएको प्रथम देवचुली महोत्सव कसरी चल्छ र भन्ने बहस महोत्सव सुरू भएदेखि चलेको थियो । त्यो बहस महोत्सवको उत्तरार्धमा पनि जारी छ । 


महोत्सवमा आउने सबैले दर्शकहरूको सहभागीता देखेर वाहा ! देवचुली महोत्सव भनिरहेका छन् । महोत्सवमा विहानैदेखि बेलुकासम्म प्रवेशद्धारमा दर्शकहरू भीड देखिन्थ्यो । स्टलहरूमा निरन्तर भीडभाड चलिरहेको छ । 

देवचुली टेलिभिजनले आफ्नो आठौँ बार्षिक उत्सव ११ दिने महोत्सव गरी धुमधामसँग मनाइएको छ । महोत्सव सकिनै लाग्दा पनि प्रदर्शनी स्थलमा देखिएको जनलहरले आयोजक मात्र हैन, महोत्सवमा रहेका व्यापारीसमेत उत्साहित बनेका छन् । टेलिभिजनले आयोजना गरेको महोत्सव के सफल होला ? के दर्शकहरूले साथ देलान यस्तै बहसको बीच देवचुली महोत्सव पूर्ण सफल बनेको छ । 



महोत्सव मंसिर ४ गतेसम्म संचालन गर्ने बताईए पनि दर्शकको उर्लिदो सहभागीताले मंसिर ५ गते देवचुली महोत्सवको भब्य समारोहका बीच समापन गर्ने कार्यक्रम रहेको मूल समारोह समितिका संयोजक केबी रानाले बताए । 


महोत्सव सफल बनाउन विभिन्न व्यक्ति र संघ संस्थाले उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । सबैको सहयोग र मिहेनतले देवचुली महोत्सव यसअघि जिल्लाका विभिन्न स्थानहरुमा भएका महोत्सवको तुलनामा कैयौ गुणा सफल बनेको छ । महोत्सव सफल बनाउन गठन गरिएका विभिन्न उपसमितिले उत्तिकै योगदान रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो