९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

स्वास्थ चौकीका लागि १५ लाखको जग्गा प्रदान

४ मंसिर २०७३, शनिबार ०७:५९

मङ्सिर ४, फलेवास । यहाँको एक विकट गाउँमा स्वास्थ्य चौकीको नयाँ भवन निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गा प्रदान गरेका छन् ।

पर्वत जिल्लाको बाच्छा गाविसका स्थानीयवासीले स्वास्थ्य चौकीको भवन निर्माणका लागि १५ लाख ६० हजार रुपैयाँ बराबरको जग्गा निःशुल्क प्रदान गरेका हुन् ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको पुराना उप–स्वास्थ्य चौकीलाई स्तरोन्नति गरी सुविधा सम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्य अनुरुप नयाँ बन्न थालेको भवनका लागि स्थानीयवासीले उक्त सहयोग गरेका हुन् ।

स्वास्थ्य चौकी भवन निर्माण गर्न करिब चार रोपनी जग्गा आवश्यकपर्ने प्रावधान भएका कारण स्थानीयवासीले पाँच रोपनी तीन आना भन्दा बढी जग्गा उपलब्ध गराएका हुन्।

बाच्छा गाविस– ८ मा बसोवास गर्ने भुवनसिंह, हेमान सिंह, रामप्रसाद गुरुङ, दिलीप गुरुङ, मेख बहादुर गुरुङ, रत्नबहादुर गुरुङ, भिमप्रसाद गुरुङ र वडा– ७ का नेत्रबहादुर गुरुङ र रमेश गुरुङले उक्त जग्गा स्वास्थ्य संस्थालाई निःशुल्क प्रदान गरेका चौकीका अहेब खिमप्रसाद कोइरालाले जानकारी दिए ।

‘स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूहरुले स्वास्थ्य चौकीलाई निःशुल्क जग्गा दान गरेको जग्गादाता रामप्रसाद गुरुङले बताए।

जग्गा उपलब्ध भए पश्चात् अब बाच्छा स्वास्थ्य चौकीमा सुविधा सम्पन्न भवन निर्माण कार्यका लागि प्रक्रिया अगाडि बढाइएको बताइएको छ ।

जिल्लाका विभिन्न गाविसमा स्वास्थ्य चौकीको भवन निर्माण भइसकेको र केही निर्माणाधिन अवस्थामा रहेका छन् । अन्य गाविसमा भवन निर्माण गरिसकिएको र यसवर्ष पनि केही नयाँ भवनका लागि स्वास्थ्य सेवा विभागमा पहल थालिएको पर्वत क्षेत्र नं– २ का सांसद विकास लम्सालले जानकारी दिएश्र

उक्त जग्गा प्राप्त भएपछि यसै वर्षदेखि रु दुई करोडको लागतमा भवन निमाणकार्य सुरु हुने जिल्ला स्वास्थ्य कार्यालय पर्वतले जनाएको छ । भवन अभावमा अहिले पुरानो र जीर्ण भवनबाट सेवा दिइँदै आएको छ ।

कच्ची भवन चुहिने र घामभित्र छिर्ने भएकाले औषधिको भण्डारण गर्न तथा बिरामीलाई जाँच गर्न समेत समस्या भएको स्वास्थ्य चौकीले जानकारी दिएको छ । यसअघि जिल्लाका अधिकांश गाविसमा सुविधा सम्पन्न भवन निर्माण भइसकेका छन् ।

पर्वतमा एक जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य चौकी र ५२ वटा स्वास्थ्यचौकी रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो