१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा

४ मंसिर २०७३, शनिबार ०९:३६

मङ्सिर ४, कञ्चनपुर । माछा चोरी हुनबाट जोगाउन कञ्चनपुरका देखतभूली र सङ्करपुरका राना थारु समुदायका व्यक्ति चार महिनासम्म दोदा नदीको बगरमा डेरा जमाएर बस्छन । 

नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् । 

नदीको वारपार गरी माछा फसाउन राखिएका धिमरी बाँसबाट निर्माण गरिन्छन् । माछाभित्र छिर्न सक्ने र बाहिर निष्कन नसक्ने गरी बाकस आकारमा बाँसले बुनेर धिमरी बनाइने गरिन्छ । एक ठाउँमा दशदेखि पन्ध्र परिवारले माछा फसाउन नदीको बीचबीचमा लस्करै धिमरी राख्ने गरेका छन् । दोदा नदीको बीसभन्दा बढी ठाउमा यस वर्ष धिमरी राखिएको रामचरन रानाले बताउनुभयो । दिउँसो माछा र धिमरीको हेरचाह गर्न जाने गरेपनि रातिका बेला नदी किनारामा बनाइएका अस्थायी कटेरामा पालैपालो बस्दै आएको बन्धो रानाले बताउनुभयो । 

“रातिका बेला माछा चोरी हुने भएकाले माछा जोगाउन नदीको बगरमा बस्दै आएका छौँ”–उहाँले भन्नुभयो, “रात कटाउनका लागि कथा, गाउँ खाने कथा र गीत गाएर बस्छौँ ।”नदीमा धिमरी राखेर माछा मार्ने कार्य पुर्खादेखि चल्दै आएको हो, कन्हैया रानाले भन्नुभयो, “पुर्खाले माछा मार्न सिकाएको सीपलाई छाड्न सकेका छैनौँ ।” दुईदेखि तीन दिनमा नदीमा राखिएका धिमरी खोलेर माछा बाँडेर सबैले लिने गरेको फगुनी देवी रानाले बताउनुभयो । 

यस वर्ष नदीमा पानीको बहाव बढी हुँदा माछा पनि बढी फस्ने गरेकाले एक पटकमा प्रतिपरिवार बीस किलो भन्दा बढी माछा भागमा पर्ने गरेको उहाँले बताउनुभयो । भागमा परेको माछा केहीले सुकुटी बनाएर राख्ने र केहीले स्थानीय बजारमा लगेर बेच्ने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो