२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

माछा चोरी हुनबाट जोगाउन बगरमै डेरा

२०७३, ४ मंसिर शनिबार ०९:३६

मङ्सिर ४, कञ्चनपुर । माछा चोरी हुनबाट जोगाउन कञ्चनपुरका देखतभूली र सङ्करपुरका राना थारु समुदायका व्यक्ति चार महिनासम्म दोदा नदीको बगरमा डेरा जमाएर बस्छन । 

नदीमा माछा फसाउन राखिएका धिमरी र त्यसमा फसिएका माछा चोरी हुनबाट जोगाउन उनीहरु बगरमा बास बस्दै आएका हुन् । मङ्सिर महिनाको सुरुआतदेखि फागुनको अन्त्यसम्म माछा मार्नका लागि उनीहरु नदीमा धिमरी राख्ने गर्छन् । 

नदीको वारपार गरी माछा फसाउन राखिएका धिमरी बाँसबाट निर्माण गरिन्छन् । माछाभित्र छिर्न सक्ने र बाहिर निष्कन नसक्ने गरी बाकस आकारमा बाँसले बुनेर धिमरी बनाइने गरिन्छ । एक ठाउँमा दशदेखि पन्ध्र परिवारले माछा फसाउन नदीको बीचबीचमा लस्करै धिमरी राख्ने गरेका छन् । दोदा नदीको बीसभन्दा बढी ठाउमा यस वर्ष धिमरी राखिएको रामचरन रानाले बताउनुभयो । दिउँसो माछा र धिमरीको हेरचाह गर्न जाने गरेपनि रातिका बेला नदी किनारामा बनाइएका अस्थायी कटेरामा पालैपालो बस्दै आएको बन्धो रानाले बताउनुभयो । 

“रातिका बेला माछा चोरी हुने भएकाले माछा जोगाउन नदीको बगरमा बस्दै आएका छौँ”–उहाँले भन्नुभयो, “रात कटाउनका लागि कथा, गाउँ खाने कथा र गीत गाएर बस्छौँ ।”नदीमा धिमरी राखेर माछा मार्ने कार्य पुर्खादेखि चल्दै आएको हो, कन्हैया रानाले भन्नुभयो, “पुर्खाले माछा मार्न सिकाएको सीपलाई छाड्न सकेका छैनौँ ।” दुईदेखि तीन दिनमा नदीमा राखिएका धिमरी खोलेर माछा बाँडेर सबैले लिने गरेको फगुनी देवी रानाले बताउनुभयो । 

यस वर्ष नदीमा पानीको बहाव बढी हुँदा माछा पनि बढी फस्ने गरेकाले एक पटकमा प्रतिपरिवार बीस किलो भन्दा बढी माछा भागमा पर्ने गरेको उहाँले बताउनुभयो । भागमा परेको माछा केहीले सुकुटी बनाएर राख्ने र केहीले स्थानीय बजारमा लगेर बेच्ने गरेका छन् । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा