१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

रोट्रयाक्ट क्लब अफ पोखराद्धारा भुकम्पपिडितलाई सहयोग

२८ पुष २०७२, मंगलवार ११:२९

शिब न्यौपाने/ पुस २८,
पोखरा ।
रोट्रयाक्ट क्लब अफ पोखराले बैशाख १२ गतेको विनाशकारी भुकम्पबाट प्रभावित गोरखाको
आरुआरवाङ् गाविसमा सहयोग प्रदान गरेको छ । उक्त गाविसको वडा नं ८ र ९ का २०५ घरपरिवारलाई १/१ थान कम्बल
र उनिको टोपि वितरण गरिएको क्लबका निर्वाचित अध्यक्ष तथा कार्यक्रम संयोजक रो. सिवलाल सुनारले जानकारी
दिनुभयो ।

गोरखा बजारबाट करिब ७१ किमि पुर्वमा रहेको उक्त गाविसमा भुकम्प प्रभावितहरु ओड्ने कपडा
नभएर ज्यान गएको भन्ने समाचार आएपछि उक्त कार्यक्रम आयोजना गरीएको क्लबका अध्यक्ष रो। सुजन लामिछानेले
बताए । सो कार्यक्रममा एक लाख पचास हजार बराबरको सामग्री हस्तान्तरण गरीएको थियो । कार्यक्रममा बोल्दै
अध्यक्ष लामिछानेले समाज रुपान्तरणको निम्ति युवाहरु सक्रिय हुनुपर्ने बताउँदै हरेक काममा राज्यको
भरपरेर बस्न नहुने बताए ।

भुकम्पले पु¥याएको अपुरणिय क्षतिले देश नै रोईरहेको बेलामा भुकम्प
पिडतहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । उक्त कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु
दिपक तिवारी, अर्जुन खनाल, स्थानिय सामाजीक व्यक्तित्व अमृता गुरुङ् , वासुकि निमावीका प्राचार्य
लगाएतले क्लबको सामाजीक कार्यको प्रशंसा गर्नुभएको थियो ।

उक्त कार्यक्रममा स्थानिय वासुकी
निवावीको खेलकुद सामग्रीको लागि क्लबले नगद सहयोग समेत प्रदान गरेको छ । कार्यक्रममा रोटरी क्लब अफ
किसाराजु ईष्ट जापानले विशेष सहयोग प्रदान गरेका थिए । चिसोले कठ्याङ्रिएर गाउँमा ६० वर्षिय लालबहादुर
बरालको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव