२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बीउ पुँजी उपलब्ध गराउँदा पनि औषधि पसल सञ्चालन हुन सकेन्

२०७३, ४ मंसिर शनिबार १०:२३

मङ्सिर ४, काठमाडौँ । औषधिको गुणस्तरीयता कायम राख्न तथा बिरामीलाई ठगिनबाट जोगाउन सरकारले हरेक सरकारी स्वास्थ्य संस्थालाई आफ्नै औषधि पसल खोल्न निर्देशन दिँदै बीउ पुँजी समेत पठाइसकेको छ । तर औषधि पसल सञ्चालन भने अझै हुन सकेको छैन । 

अस्पतालभित्र वा स्वास्थ्य संस्था वरपरी खोलेका निजी औषधि पसलबाट बिरामी त ठगिएका छन् नै, त्यसमा पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएका औषधि पनि किन्न बाध्य हुन्छन् । आफै औषधि पसल खोल्दा घाटा हुने र व्यवस्थित समेत गर्न नसकिने हुँदा सरकारी अस्पतालले आफैं औषधि पसल खोल्न आलटाल गर्दै आइरहेका छन् । तर, आफ्नै औषधि पसल राख्दा बिरामीलाई सुपथ मूल्यमा गुणस्तरीय औषधि वितरण गरेर पनि राम्रो मुनाफा गर्न सकिन्छ भन्ने उदाहरण बाँसबारीस्थित गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रले दिएको छ । 

केन्द्रका कार्यकारी निर्देशक डा ज्योतेन्द्र शर्माले केन्द्र सुरु भएदेखि नै सञ्चालनमा आएको औषधि पसलबाट वार्षिक रु आठ करोड भन्दा बढी रकम खुद नाफा गर्ने गरेको जानकारी दिनुभयो । केन्द्रले यसबाट नाफामात्र गर्दैन, आफ्नो कूल खर्चको ६० प्रतिशत खर्च पनि त्यसैबाट गर्ने गर्दछ । 

गत आवमा औषधि पसलबाट रु ३८ करोड ८० लाख आम्दानी भएको र त्यसमध्ये रु आठ करोड भन्दा बढी खुद नाफा भएको बताउँदै उहाँले भन्नुभयो, “हामीलाई औषधि पसलबाट सुरुदेखि नै घाटा भएको छैन, अस्पतालले आफैं सञ्चालन गरेको औषधि पसल, प्रयोगशाला र एक्सरेबाट आम्दानी गर्ने गरेका छन् ।” 

कार्यकारी निर्देशक डा शर्माले केन्द्रले बेच्ने औषधिमा बढीमा १६ प्रतिशत मात्र नाफा राख्ने गरेको र जसकारण बिरामीले सुलभ दरमा औषधि पाउने गरेको बताउँदै आफ्नै औषधि पसल सञ्चालन गर्दा नाफा हुँदैन, घाटामा गइन्छ भन्नु गलत भएको धारणा राख्नुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने