२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा जातिय विभेद गर्नेलाई सचेत गराईयो

५ मंसिर २०७३, आईतवार ०२:४९

कृष्ण कँडेल/मङ्सिर ५, बागलुङ । जातिय विभेद झल्किने गरि असभ्य शब्द बोलेको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा परेको निवेदन माथि प्रहरीले छलफल गरि सचेत गराएको छ । 

बुर्तिबाङ–८ का सुनमाया विश्वकर्माले आफुमाथि दलित समुदायलाई विभेद महसुस हुने गरि बोङ्गादोभान–९ का धनबहादुर बोहोरा क्षेत्रीले अपमानजन्य शब्द बोलेको भन्दै प्रहरीमा निवेदन दिएकी थिईन् । 

निवेदन माथि छलफल गर्दा धनबहादुर बोहोरा क्षेत्रीले नबुझेर भुलवस आफुबाट कमजोरी भएको स्विकार गरि क्षमा मागेपछि अबदेखि त्यसो नगर्न सचेत गराईएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक शिवराज क्षत्रीले जानकारी दिए । बोहोराले आफुलाई थाहा नभएका कारण कमजोरी भएको र अवदेखि विभेद महसुस हुने व्यवहार नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सो अवसरमा प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले सवै नागरिकहरुले संविधान र कानुनमा भएका व्यवस्थाको बारेमा बुझेर त्यसविपरितका क्रियाकलाप गर्न नहुने भन्दै सचेत गराए । छलफलमा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सचिवालय सदस्य कुबिर विश्वकर्मा, क्षेतीय दलित सञ्जालका अध्यक्ष विष्णु विश्वकर्मा, नेपाल पत्रकार महासंघ बागलुङ साखाका सदस्य लोकेन्द्र सुनार, नेपाल दलित मुक्ती मोर्चा एरिया नम्बर–१० का इन्चार्ज लोक बहादुर विश्वकर्मा लगायतका दलित अधिकारकर्मी सहभागी थिए । 

नेपालको संविधानले जातिय विभेत तथा छुवाछुत विरुद्धको हकलाई नागरिकको मौलिक हकको रुपमा मान्यता दिएको छ । नेपालको संविधान २०७२ ले जातिय विभेदलाई जघन्य अपराधको रुपमा स्विकार गरेको दलित अधिकारकर्मी कुविर विश्वकर्माले जानकारी दिए । 

उनले छुवाछुत ऐन २०६८ मा जातिय विभेद गर्नेलाई विभेदको प्रकृति अनुसार २५ हजारदेखि १ लाख सम्म जरिवाना र ६ महिनादेखि डेढबर्षसम्म कैद गर्ने ब्यवस्था रहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य