२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङमा जातिय विभेद गर्नेलाई सचेत गराईयो

२०७३, ५ मंसिर आईतवार ०२:४९

कृष्ण कँडेल/मङ्सिर ५, बागलुङ । जातिय विभेद झल्किने गरि असभ्य शब्द बोलेको भन्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङमा परेको निवेदन माथि प्रहरीले छलफल गरि सचेत गराएको छ । 

बुर्तिबाङ–८ का सुनमाया विश्वकर्माले आफुमाथि दलित समुदायलाई विभेद महसुस हुने गरि बोङ्गादोभान–९ का धनबहादुर बोहोरा क्षेत्रीले अपमानजन्य शब्द बोलेको भन्दै प्रहरीमा निवेदन दिएकी थिईन् । 

निवेदन माथि छलफल गर्दा धनबहादुर बोहोरा क्षेत्रीले नबुझेर भुलवस आफुबाट कमजोरी भएको स्विकार गरि क्षमा मागेपछि अबदेखि त्यसो नगर्न सचेत गराईएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरिक्षक शिवराज क्षत्रीले जानकारी दिए । बोहोराले आफुलाई थाहा नभएका कारण कमजोरी भएको र अवदेखि विभेद महसुस हुने व्यवहार नगर्ने प्रतिवद्धता जनाएका छन् । 

सो अवसरमा प्रहरी नायब निरीक्षक नारायणप्रसाद शर्माले सवै नागरिकहरुले संविधान र कानुनमा भएका व्यवस्थाको बारेमा बुझेर त्यसविपरितका क्रियाकलाप गर्न नहुने भन्दै सचेत गराए । छलफलमा नेपाल दलित मुक्तिमोर्चाका केन्द्रीय सचिवालय सदस्य कुबिर विश्वकर्मा, क्षेतीय दलित सञ्जालका अध्यक्ष विष्णु विश्वकर्मा, नेपाल पत्रकार महासंघ बागलुङ साखाका सदस्य लोकेन्द्र सुनार, नेपाल दलित मुक्ती मोर्चा एरिया नम्बर–१० का इन्चार्ज लोक बहादुर विश्वकर्मा लगायतका दलित अधिकारकर्मी सहभागी थिए । 

नेपालको संविधानले जातिय विभेत तथा छुवाछुत विरुद्धको हकलाई नागरिकको मौलिक हकको रुपमा मान्यता दिएको छ । नेपालको संविधान २०७२ ले जातिय विभेदलाई जघन्य अपराधको रुपमा स्विकार गरेको दलित अधिकारकर्मी कुविर विश्वकर्माले जानकारी दिए । 

उनले छुवाछुत ऐन २०६८ मा जातिय विभेद गर्नेलाई विभेदको प्रकृति अनुसार २५ हजारदेखि १ लाख सम्म जरिवाना र ६ महिनादेखि डेढबर्षसम्म कैद गर्ने ब्यवस्था रहेको बताए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा