१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छोटी भन्सार पुनःस्थापित नहुँदा राजस्व चुहावट

५ मंसिर २०७३, आईतवार ०३:०३

मङ्सिर ५, इलाम । सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अझै पनि पुनःस्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन । 

द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुनःस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ । 

मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । 

छोटी भन्सार कार्यालय पुनःस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडक हुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् । 

नेपालतर्फ छिर्ने ३०० भन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करले रातको समयमा सामान भित्र्याउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ । 

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

वर्षायाममा क्षतिग्रस्त जिल्लाका ग्रामीण सडक अझैसम्म मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । 

सदरमुकामबाट गाउँ जोड्ने कच्ची सडक समयमै मर्मत नहुँदा यात्रु समस्यामा परेका हुन् । सडक मर्मत नहुँदा बाँझो र साकफाराबाट झापाको दमक, बिर्तामोड छिचोल्दै सदरमुकाम पुग्नुपर्ने बाध्यता कात्तिक महिनासम्ममा पनि अझै हटेको छैन । 

गत वर्षबाट कच्ची सडक खुलेको बाँझो लारुम्बा माङ्सेबुङसम्मको बाटो मर्मत नहुँदा झापा हुँदै सदरमुकाम इलाम बजार आउनुपरेको स्थानीयवासी जितेन पन्धाक बताउँछन् । क्षतिग्रस्त ग्रामीण सडक निर्माणका लागि सरकारी निकायले चासो नदिँदा दसैँ–तिहारजस्ता चाडपर्वमा समेत स्थानीयवासी नागरिक किनमेल तथा बिरामी पर्दा पैदल हिँड्न बाध्य भएका थिए । 

इलाममा भएका एक सय बढी कच्ची सडकमध्ये ३० वटा सडकको मात्र जिविसले गाविसमार्फत मर्मत सुरु गरेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो