२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

छोटी भन्सार पुनःस्थापित नहुँदा राजस्व चुहावट

२०७३, ५ मंसिर आईतवार ०३:०३

मङ्सिर ५, इलाम । सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका छवटा छोटी भन्सार कार्यालय अझै पनि पुनःस्थापित नहुँदा राजस्व चुहावट नियन्त्रण हुन सकेको छैन । 

द्वन्द्वका समयमा असुरक्षाको कारण देखाउँदै विस्थापित छोटी भन्सार पुनःस्थापना नभएपछि खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करीसमेत बढेको छ । 

मेमेङ, च्याङ्थापु, छिरुवा, बन्दुके, माइमझुवा र छव्बिसे छोटी भन्सार कार्यालय अहिलेसम्म पुनःस्थापना हुन नसकेका हुन् । विस्थापित भएका छोटी भन्सार कार्यालयमध्ये अहिले मानेभञ्ज्याङ र तुम्लिङ पुनःस्थापित भएको पशुपतिनगर भन्सार कार्यालयले जनाएको छ । 

छोटी भन्सार कार्यालय पुनःस्थापना नभएपछि लत्ताकपडा, निर्माणका सामग्री, विद्युतीय सामान, सवारीसाधनका पार्टपुर्जा र पेट्रोलियम पदार्थको चोरी निकासी बढेको स्थानीयवासी बताउँछन् । बिना भन्सार निर्यात भएका सामग्री इलामका ग्रामीण सडक हुँदै रातारात इलाम, पाँचथर र ताप्लेजुङसम्म पुग्ने गरेका छन् । 

नेपालतर्फ छिर्ने ३०० भन्दा बढी अवैध गोरेटो बाटा भएकाले तस्करले भन्सार छलेर भारतीय सामान नेपाल भित्र्याउने गरेका छन् । तस्करले रातको समयमा सामान भित्र्याउने गरेकाले नियन्त्रण गर्न कठिनाइ भएको भन्सार कार्यालयले जनाएको छ । 

सडक मर्मत नहुँदा यात्रुलाई सास्ती

वर्षायाममा क्षतिग्रस्त जिल्लाका ग्रामीण सडक अझैसम्म मर्मत नहुँदा यात्रु समस्यामा परेका छन् । 

सदरमुकामबाट गाउँ जोड्ने कच्ची सडक समयमै मर्मत नहुँदा यात्रु समस्यामा परेका हुन् । सडक मर्मत नहुँदा बाँझो र साकफाराबाट झापाको दमक, बिर्तामोड छिचोल्दै सदरमुकाम पुग्नुपर्ने बाध्यता कात्तिक महिनासम्ममा पनि अझै हटेको छैन । 

गत वर्षबाट कच्ची सडक खुलेको बाँझो लारुम्बा माङ्सेबुङसम्मको बाटो मर्मत नहुँदा झापा हुँदै सदरमुकाम इलाम बजार आउनुपरेको स्थानीयवासी जितेन पन्धाक बताउँछन् । क्षतिग्रस्त ग्रामीण सडक निर्माणका लागि सरकारी निकायले चासो नदिँदा दसैँ–तिहारजस्ता चाडपर्वमा समेत स्थानीयवासी नागरिक किनमेल तथा बिरामी पर्दा पैदल हिँड्न बाध्य भएका थिए । 

इलाममा भएका एक सय बढी कच्ची सडकमध्ये ३० वटा सडकको मात्र जिविसले गाविसमार्फत मर्मत सुरु गरेको जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत छविलाल खतिवडाले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा