१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

बालबालिकालाई न्यानो कपडा वितरण

५ मंसिर २०७३, आईतवार ०३:१८

मङ्सिर ५, सोलुखुम्बु । सोलुखुम्बुको बिकट गाविस गुदेलमा एकवर्षमुनिका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 

चिसो बढेसँगै बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै गाविसभित्र एक वर्षमुनिका ४९ जना बालबालिकालाई मानवअधिकार शान्ति तथा विकास नेपालले वितरण गरेको स्वास्थ्य चौकी गुदेलले जनाएको छ । 

गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिसकेको अवस्थामा मानवअधिकार शान्ति तथा विकास नेपालको सहायोगले खोप कार्याक्रमलाई पनि थप प्रभावकारी बनाएको स्वास्थ्य चौकीका प्रमुख तथा अहेब रामबहहादुर केसीले बताउनुभयो । 

गुदेलका बालबालिका र महिलाको स्वास्थ्यको क्षेत्रमा निरन्तर सहयोग गर्ने मानवअधिकार शान्ति तथा विकास नेपालका कार्यक्रम संयोजक जाङ्मु शेर्पाले बताउनुभयो । 

त्यस्तै मानवअधिकार शान्ति तथा विकास नेपालका अमेरिकाका प्रतिनिधि कार्ल भन्नुहुन्छ – “हामीले यसअघि पनि बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री दिएका छौँ । यसपालि कपडा दिएका छाँै । फेरि पनि हामी सहयोग गर्न आउनेछौँ । सहयोग गर्न आउँदा पाएको खुसीले सबै खुसी छौँ । 

यसअघि गुदेल स्वास्थ्य चौकी गुदेललाई सुरक्षित मातृत्व कार्यक्रमका लागि रु छ लाख बराबरको आवश्यक पर्ने विभिन्न उपकरणलगायत आवश्यक सामग्री सहयोगी संस्था मानवअधिकार शान्ति तथा विकास नेपालले सहयोग गरेको थियो । 

सुरक्षित मातृत्व कार्यक्रमका लागि सामग्री आइपुगेको हुँदा अब सुत्केरी गराउनका लागि सदरमुकामसम्म जान नपर्ने स्वास्थ्य चौकी गुदेलले जनाएको छ । सुत्केरी गराउनकै लागि सल्लेरी जाँदा दुईदिनको बाटो हिँड्नु परेकाले धेरै समस्या हुँदै आएकामा अब गुदेलका स्थानीयवासीले गुदेलमा नै सेवा पाउन थालेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो