१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाका पन्ध्र गाविसमा खानेपानी योजना सम्झौता

५ मंसिर २०७३, आईतवार ०३:२१

मङ्सिर  ५, पाल्पा । पाल्पा जिल्लाका १५ गाविसमा १६ वटा खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएका छन् । 

पाल्पाका ग्रामीण आर्थिक विकास सङ्घ (रेडा), सामाजिक स्रोत विकास केन्द्र नेपाल, विकल्प तथा सरसफाइ कोष विकास समितिबीच जिल्लामा आगामी १८ महिनाको अवधिमा सम्पन्न हुनेगरी १६ खानेपानी योजना सञ्चालन गर्न सम्झौता भएको हो । खानेपानीको योजना सम्पन्न भएपछि यहाँका स्थानीय बासिन्दाले सहज रुपमा खानेपानीको प्रयोग गर्न पाउनेछन् । 

पन्ध्र गाविसमा १६ वटा योजना सञ्चालन गर्न फन्डबोर्डले योजना स्वीकृत गरेपछि परियोजना सञ्चालित गाविसले पूर्ण सरसफाइ र शुद्ध पिउने पानीको पहु“च पु¥याउने गरी कार्यक्रम अघि बढेको छ । 

पहिलो चरणमा फन्डबोर्डले रु एक लाख ५० हजारका दरले पूर्ण सरसफाइ उन्मुख गाविस बनाउन सहयोग गर्नेछ । दोस्रो चरणमा शुद्ध पिउने पानी उपलब्ध गराउन खानेपानी योजना सञ्चालन गरिने छ । 

सामाजिक स्रोत विकास केन्द्रले पा“च गाविसमा छवटा योजना सञ्चालन गर्नेछ । पा“च गाविसका ८०३ घरधुरीका पाँच हजार ४२ जनसङ्ख्याले सफा, स्वच्छ, सुरक्षित पिउने पानी उपलब्ध हुनेछ । ‘एक घर एक धारा’ नीति निर्माण रहेको छ । खानेपानी योजनाका लागि पाँच प्रतिशत नगद र २० प्रतिशत श्रमदान स्थानीय उपभोक्ताले गर्ने छन् । 

रेडाले मुझुङमा ६९, पालुङ्मैनादीमा ९४, नायरनमतलेसमा १४०, देवीनगरमा ७१, बन्दीपोखरामा ७७, तेल्घामा ७१, रिङ्नेरहमा ५३ घरधुरी लाभान्वित हुनेगरी खानेपानी योजना सञ्चालन हुनेछ । 

विकल्पले जिल्लाको ताहुँमा रम्भादेवी लिÏट खानेपानी योजना सञ्चालन गरेर १५७ घरधुरीलाई लाभान्वित गर्नेछ । सोमादीको जुकेखोला लिÏटबाट १०७ र सिद्धेश्वरको झेर्दी लिÏट योजनाबाट १०६ घरधुरी लाभान्वित हुने विकल्पका कार्यक्रम प्रमुख दिवाकर पाण्डेयले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो