गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक "/>

२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुचना र प्रविधिको अबस्था चिन्ताजनक छ: उपाध्यक्ष थापा

५ मंसिर २०७३, आईतवार ०६:२६


गोविन्द बिश्वकर्मा।सुर्खेत ५, मंसिर । कम्प्यूटर एसोसियशन नेपाल महासंघ (क्यान) का केन्द्रिय उपाध्यक्ष सञ्जय थापाले देशमा नै सुचना प्रविधिको अबस्था चिन्ताजनक भएको बताएका छन् । परम्परागत कार्य विधिको प्रयोग र गाउस्तरमा प्रविधिको पहुँच नपुगेकाले प्रविधिको अबस्था चिन्ताजनक रहेको बताएका हुन् । 

कम्प्यूटर एसोसियशन नेपाल महासंघ सुर्खेतको आयोजनामा शनीबार सम्पन्न चौथो साधारण सभालाई सुभकामना दिदैं थापाले आजभोलीको अबस्थामा सुचना र प्रबिधिको अबस्था निकै गम्भिर रहेको बताउदै आगामी दिनमा द्रुत गतीमा हुने बिश्वास ब्यक्त गरेका छन् । ईन्टरनेटको पहँुचमा रहेका क्षेत्रबाहेक सबै ठाउमा प्रविधिको नाममात्र सुन्न पाईने गरेको भन्दै उनले अब गाउँका कुनामा पनि सुचना र प्रविधिको ब्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । 

प्रविधि शहर केन्द्रितमात्र नभई गाउँमा पनि पु¥याउनु आजको आबश्यक्ता रहेको बताउदै छिटै नै सबैको पहुँचमा पुग्ने बताए । उनले भने–“कम्प्यूटर क्षेत्रका अभावहरु परिपुर्ति होस र जनतामा हातले हैन प्रविधिले काम गर्नुपर्छ भन्ने भावना पैदा होस् ।” प्रविधिलाई कसरी विश्वसनिय र सबैको पहुँचमा पु¥याउन किन्छ भन्ने सोच्नु अति आबश्यक रहेको बताएका छन् ।

सुर्खेत उद्योष्ग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले सुर्खेतका कम्प्यूटर ब्यवसायीले सुचना प्रविधिको क्षेत्रमा गरेको योगदान मुल्यवान रहेको बताउदै सुर्खेत उद्योग वाणिज्य संघे आगामी दिनमा सहयोग गर्ने बताएका छन् । अहिलेको युगमा धनले मात्र नहुने भन्दै आईडिया लगाउनुपर्ने बताए । 

आईडियाले मुल्यवान सम्पतिलाई पछाडी पार्ने भन्दै अब आईडियाले काम गर्नुपर्ने सुझाव दिएका छन् । कुन ठाउँमा के सम्भावना छ भन्ने कुराको पत्ता लगाई उपयोग गर्न सकेमात्र आईडियाले काम गरेको मान्न सकिने अधिकारीले भने । अधिकारीले उद्योग वाणिज्य संघ सुर्खेतले स्थानिय पर्यटकिय स्थल घण्टाघरमा वाई फाईको ब्यवस्था गर्ने योजना बनाएको जानकारी दिए । प्रविधिको प्रयोग गरी सुचनाको पहुँचलाई मजबुत गराउन वाईफाईको ब्यवस्था गर्ने योजना बनाउन लागिएको बताए 

प्रविधि बजारमुखी भयो भन्दै अध्यक्ष अधिकारीले अब सुचनालाई बिश्वसनिय बनाउन गाउँस्तरको प्रविधिलाई ध्यान दिनुपर्ने बताए । पर्यटकिय हिसावले पनि महत्वपुर्ण रहेका यस्ता सार्वजानिक स्थलमा प्रविधिको ब्यवस्था गर्न सकेपनि प्रचार प्रसार हुने दावी गरे । सुर्खेतलाई मात्र नभएर समग्र प्रदेश नं. ६ लाई समृद्ध बनाउनका लागी सुचना प्रविधिलाई जोड दिनुपर्ने उनको भनाई छ । पर्यटकिय सम्पदाका साथै थुप्रै सम्भावना भएको प्रदेश नं. ६ को प््रस्तावित राजभानी हुदै गर्दा प्रविधिको पहुँचलाई साथसाथमा बिकास गर्दै लैजान पर्ने बताएका छन् । 

उद्योग बाणिज्य संघले पनि यसअघिका दिनमा पनि प्रविधिसम्बन्धि धेरै कामहरु गर्दै आएको बताउदै आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाएका छन् । हातले गर्ने काम ढिलो हुने, बढी खर्चिलो हुने हुँदा प्रविधिको प्रयोग आबश्य रहेको बताएका छन्  । एकजना मान्छेले घण्टौ लगाएर गर्ने काम कम्प्यूटरले कम समयमा नै सहज रुपमा गर्ने बताए ।

यस्तै कार्यक्रममा मध्यपश्चिमाञ्चल बिश्वबिद्यालय सुर्खेतका विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा देबबहादुर खड्काले प्रदेश नंं ६ लाई विज्ञान प्रविधिको हिसाबमा नं. १ प्रदेश बनाउने योजनाका साथ आफु अगाडी बढेको बताएका छन् । परम्परागत बढी खर्चिलो विधिलाई प्रयोग गर्दै आएको संस्कारलाई हटाउदै आधुकितातर्फ उन्मुख हुन जरुरी रहेको बताए । उनले विज्ञान तथा प्रविधि संकायले पनि प्रविधिमा नयाँ फट्को मार्न चाहेको बताए । 

प्रविधिको हालको अबस्था, उपयोगबारे समिक्षा गर्दै आकर्षण कार्यक्रमहरु गर्नुपर्ने आबश्यक रहेको औल्याए । खड्काले सिकेको सिपलाई अन्तरनिहित रुपमा कुम्ल्याएर राख्नुभन्दा ब्यवहारिक रुपमा आबश्यक ठाउँमा लगाउनु उत्तम रहने बताए । समग्र प्रदेशको प्रविधि बिकासलाई मध्यनजर गर्दै आगामि दिनमा बिकासका कार्यक्रममा सहकार्य गर्न सकिने बचन दिएका छन् । उनले प्रविधिको उच्चतर बिकासका लागी नेटवर्किङ्गको आबश्यत्ता औल्याएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान