मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनच"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनच"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

हामीलाई चोरजस्तो व्यवहार भयो -सुनचाँदी व्यवसायी

५ मंसिर २०७३, आईतवार ०६:३९

मंसिर ५ पर्वत ।पर्वत सुनचाँदी ब्यबसायीहरुलाई सरकारी निकायले चोरको जस्तै ब्यबहार गर्दै आएको जिल्लाका सुनचाँदी व्यवसायीले दुखेसो पोखेका छन् ।
सुनचाँदी ऐन निर्माण  र त्यसलाई प्रभावकारी रुपमा लागू गर्न नसक्दा सुनचाँदी व्यवसायीहरुलाई चोरको जस्तो व्यवहार भएको उनीहरुले गुनासो गरेका हुन । नेपाल सुनचाँदी व्यवसायी महासंघको केन्द्रिय सदस्यमा निर्वाचित भएका पर्वत सुनचाँदी व्यवसायीका पूर्व अध्यक्ष निर्मल विश्वकर्मालाई स्वागत तथा बधाइ ज्ञापनको लागि आयोजना गरीको कार्यक्रममा उनीहरुले यस्तो धारणा राखेका हुन । व्यवसायीहरुले आफुहरुला्रइ्र्र प्रहरी र अन्य अन्य निकायले चोरको झै ब्यबहार गर्दा समस्या भोग्दै आएको गुनासो       गरे ।
ब्यबसायीले बिल बिनाको सुन उही मुल्यमा किन्ने क्रममा कहिले काँही चोरीको पर्न जाने र त्यसरी सुन्न किन्ने ब्यबसाय बिना अपराध चोर झै दण्डीत बन्नुपर्ने अवस्था रहेको गुनासो व्यवसायीहरुको थियो । बिबाहमा दाईजोमा ल्याएको सुन र १५ बर्ष पहिले बिना बिल सुन बिक्री हुने गरेकाले त्यस्तो सुन खरिदमा समस्या हुने गरेको छ । व्यवसायीहरुले सुनचाँदी व्यवसायीहरुको हकहितको लागि  तयार हुन लागेको सुनचाँदी व्यवसायी निर्देशिका संसदबाट पारित गराउनको लागि उनीहरुले जिल्लाका तीन सांसदलाई अनुरोध समेत गरे ।
    जिल्लाका सांसद अर्जुनप्रसाद जोशी, विकास लम्साल र कल्पना चापागाइलाई व्यवसायीले उक्त निर्देशिका संसदबाट पारित गर्नको लागि सहयोग गर्नको लागि अपिल समेत गरे ।
    कार्यक्रममा बोल्दै साँसद अर्जुनप्रसाद जोशीले सुनचाँदी ब्यबसायीका समस्याहरु कानुन बनाएर सम्बोधन गर्न आफुँले प्रयास गर्ने बताए । जोशीले सुनचाँदी व्यवसायीको हक हितको लागि आफुले प्रयास थाल्ने      बताए ।
    त्यस्तै सांसद विकास लम्सालले सुनचाँदी व्यवसायीलाइ उद्योगको रुपमा विकास गर्नुपर्नेमा जोड दिए उनले विचाराधिन रहेको सुनचाँदी ऐन तथा निर्देशिका पारित गर्नको लागि आफु सकरात्मक रहेको बताए । सांसद कल्पना चापागाइले महिलाहरुलाई सुनचाँदी व्यवसायीको विज्ञापनमा अपमान हुने ढंगले संशोधन भएको भन्दै सुधार गर्नुपर्ने सुझाव दिइन ।
    संघका सल्लाहकार शेरबहादुर सुनारले सुनचाँदी ब्यबसायलाई अझै समस्या भोग्दै आएको बताए । ‘यस्तै अबस्था आयो भने ब्यबसाय गर्न समेत कठिन छ ’ उनले भने ‘सम्मानजक ब्यबसाय गर्ने वातावरण चाहिएको छ’ । उनले सुनचाँदी ब्यबसायीहरुले मर्या्दित ब्यबसाय गर्दा समेत अनावश्यक झण्झट बेहोर्दै आएको बताए ।
    कार्यक्रममा सुनचाँदी ब्यबसायी महासंघका नवनिर्वाचित केन्द्रिय सदस्य निर्मल बिश्वकर्माले ब्यबसायीले उही मुल्यमा सुन खरिद गर्दा समेत समस्या भोग्दै आएको बताए । संसदमा सौदाबाजी सम्बन्धी कानुन बिचराधिन रहेको बताउँदै त्यसमा सहयोग गर्न आग्रह गरे ।सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा पर्वत सुनचाँदी व्यवसायी संघ  र महिला सुनचाँदी व्यवसायी संघले निर्मल विश्वकर्मालाई सम्मान पत्र र खादाले सम्मान गरेको       थियो ।
     त्यस्तै जिल्लाका नवनिर्वाचित अध्यक्ष विकास विश्वकर्मालाई महिला सुनचाँदी व्यवसायीले सम्मान पत्र र खादाले सम्मान तथा बधाई ज्ञापन गरेका थिए । जिल्ला अध्यक्ष विकास विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन सचिव आनन्द विश्वकर्माले गरेका थिए भने कार्यक्रमको स्वागत उपाध्यक्ष ठाकुर वि पौडेलले गरेका थिए ।
    पर्वत जिल्लामा मासिक रुपमा ४ किलो सुनको आवश्यकता पर्ने पर्वत सुनचाँदी व्यवसायी संघले जनाएको छ । जिल्लामा माग भन्दा पनि कम सुन आउने गरेकाले आफुहरुले निकै मारमा परेको संघको गुनासो छ ।  मासिक रुपमा १ केजी मात्र आफुहरुले सुन पाउने र सो सुनले आवश्यकता पुरा गर्न नसक्ने विकास विश्वकर्मा बताउँछन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति