२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हिसान स्पोर्टस् मिट, एक हजार ८ सय विद्यार्थी सहभागी

२०७२, २ माघ शनिबार ०४:२३

माघ २, पोखरा । उच्च
माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा आज शनिबार देखि हिसान स्पोर्टस् मिट–२०७२ को सुरू
हुँदैछ।

स्पोर्टस् मिटको खेलकुद मन्त्री सत्यनारायण मण्डलले
उद्घाटन गर्ने कार्यक्रम छ। पाँच गतेसम्म चल्ने स्पोर्टस् मिटमा कास्कीका निजी उच्च माध्यामिक विद्यालय
कक्षा ११ र १२ का एक हजार ८ सय विद्यार्र्थी सहभागी हुने मुल संयोजक तथा हिसान कास्कीका पूर्व अध्यक्ष
रमाकान्त बरालले जानकारी दिए।

स्पोर्टस् मिटमा छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा
बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता हुने हिसान कास्कीका
अध्यक्ष बाबुराम पन्तले जानकारी दिए।

स्पोर्टस् मिटमा भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ २३ र
छात्रातर्फ १६ टीम, बास्केटबल अन्तर्गत छात्रतर्फ २६ र छात्रातर्फ १३ टीम र टेबुलटेनिस अन्तर्गत छात्र
एकलतर्फ ४८ जना र जोडीतर्फ २२ रहेका छन् भने छात्रा एकलतर्फ २८ जना र २२ जोडीले प्रतिस्पर्था गर्ने
हिसान कास्कीले जनाएको छ।

हिसान कास्कीले विभिन्न विद्यालय तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर
शैक्षिक गुणस्तरसँगै खेलकुद विकासका लागि र आपसी सम्बन्ध विस्तारका लागि प्रत्येक वर्ष स्पोर्टस् मिट
गर्दै आएको छ। २०५७ सालमा उच्च मावि संघ हुँदै २०६४ सालमा गठन भएको हिसान कास्कीमा निजी क्षेत्रबाट
सञ्चालित ४६ उच्च मावि आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ