२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

हिसान स्पोर्टस् मिट, एक हजार ८ सय विद्यार्थी सहभागी

२ माघ २०७२, शनिबार ०४:२३

माघ २, पोखरा । उच्च
माध्यमिक विद्यालय संघ (हिसान) कास्कीको आयोजनामा आज शनिबार देखि हिसान स्पोर्टस् मिट–२०७२ को सुरू
हुँदैछ।

स्पोर्टस् मिटको खेलकुद मन्त्री सत्यनारायण मण्डलले
उद्घाटन गर्ने कार्यक्रम छ। पाँच गतेसम्म चल्ने स्पोर्टस् मिटमा कास्कीका निजी उच्च माध्यामिक विद्यालय
कक्षा ११ र १२ का एक हजार ८ सय विद्यार्र्थी सहभागी हुने मुल संयोजक तथा हिसान कास्कीका पूर्व अध्यक्ष
रमाकान्त बरालले जानकारी दिए।

स्पोर्टस् मिटमा छात्रछात्रा भलिबल प्रतियोगिता, छात्रछात्रा
बास्केटबल प्रतियोगिता र टेबुलटेनिसमा छात्रछात्रा एकल तथा जोडी प्रतियोगिता हुने हिसान कास्कीका
अध्यक्ष बाबुराम पन्तले जानकारी दिए।

स्पोर्टस् मिटमा भलिबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ २३ र
छात्रातर्फ १६ टीम, बास्केटबल अन्तर्गत छात्रतर्फ २६ र छात्रातर्फ १३ टीम र टेबुलटेनिस अन्तर्गत छात्र
एकलतर्फ ४८ जना र जोडीतर्फ २२ रहेका छन् भने छात्रा एकलतर्फ २८ जना र २२ जोडीले प्रतिस्पर्था गर्ने
हिसान कास्कीले जनाएको छ।

हिसान कास्कीले विभिन्न विद्यालय तथा विद्यार्थीलाई एकै ठाउँमा ल्याएर
शैक्षिक गुणस्तरसँगै खेलकुद विकासका लागि र आपसी सम्बन्ध विस्तारका लागि प्रत्येक वर्ष स्पोर्टस् मिट
गर्दै आएको छ। २०५७ सालमा उच्च मावि संघ हुँदै २०६४ सालमा गठन भएको हिसान कास्कीमा निजी क्षेत्रबाट
सञ्चालित ४६ उच्च मावि आवद्ध छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव