मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 
"/>
२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषणका कारण रोल्पाकी सुनितालाई छटपटी

२०७३, ५ मंसिर आईतवार ०९:२२

मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 

रोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४ केजीमा झरेको छ । उनी रक्तअल्पत्ता तथा निमोनियाबाट पनि पीडित छिन् भने स्वास्थ्य कार्यालयको अभिलेखअनुसार उनी पटकपटक पखालाबाट पनि उत्तिकै ग्रसित भएको देखिन्छ । 

बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्जअस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउनुुहुन्छ । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताउनुभयो । 

स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन् 

सुनारका बच्चालाई छ महिनापछि आमाको दूधबाहेक थप आहार नदिएको पाइएको उहाँ बताउनुहुन्छ । यता सुनारले बच्चाले कुनै प्रकारका खाना नखाने गरेको हुँदा आफ्नो दूध मात्र खुवाउन बाध्य भएको हो भन्दै सुनारले भन्नुभयो, “बच्चाले मन पराउने फलफूल तथा खानेकुरा किन्ने हैसियत छैन आफूले खाने खाना उसले पटक्कै खान मान्दैन ।” 

श्रीमान् पनि क्षयरोगले ग्रसित हुनुहुन्छ । घरमा कमाउने मान्छे कोही छैन आयस्रोतका बाटाहरु नहुँदा दुईछाक टार्न पनि मुस्किल पर्न थालेको छ श्रीमान् र छोरीलाई कसरी बचाउँ उहाँले दुखेसो पोख्नुभयो । 

यसअघि कुपोषणबाट ग्रसित बेनेका रोल्पाका दुई बालकलाई केही महिनाअघि दाङको पोषणगृहमा पठाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा