मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 
"/>
९ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

श्रीमानलाई क्षयरोग र छोरीलाई कुपोषणका कारण रोल्पाकी सुनितालाई छटपटी

५ मंसिर २०७३, आईतवार ०९:२२

मङ्सिर ५, रोल्पा । श्रीमान्लाई क्षयरोग र छोरीलाई कुपोषणले सताएपछि आर्थिक अभावका कारण उपचार गर्न नसक्दा धबाङ २ रोल्पाकी सुनिता सुनार छटपटाई रहनुभएको छ । 

रोल्पा जिल्ला अस्पतालका अनुसार सुनारकी १२ महिनाकी छोरी निर्मला सुनारको तौल साढे चार केजी मात्र छ । उनको तौल दिनप्रतिदिन घट्दै गइरहेको छ । असारमा करिब पाँच केजी भएको उनको तौल घटेर हाल साढे ४ केजीमा झरेको छ । उनी रक्तअल्पत्ता तथा निमोनियाबाट पनि पीडित छिन् भने स्वास्थ्य कार्यालयको अभिलेखअनुसार उनी पटकपटक पखालाबाट पनि उत्तिकै ग्रसित भएको देखिन्छ । 

बच्चाको घाँटीका ग्रन्थी सुनिएका छन् । जसका कारण जिल्ला अस्पताल रेउघामा उनको उपचार असम्भव भएपछि अस्पतालले उनलाई उपचारका लागि अपाङ्ग, असहाय, गरिब तथा ज्येष्ठ नागरिकअन्तर्गत रहेको कोषबाट रु चार हजार बाटो खर्चसहित नेपालगन्जअस्पतालमा सिफारिस गरेको स्वास्थ्यकर्मी कुलबहादुर डाँगी बताउनुुहुन्छ । समयमै उपचार पाए ठीक हुने सम्भावना भए पनि पारिवारिक स्थिति एकदमै कमजोर भएका कारण उपचारका लागि हम्मेहम्मे परिरहेको सुनारले बताउनुभयो । 

स्वास्थ्यकर्मी डाँगीका अनुसार पटकपटक बिरामी भइरहेको बच्चाको अवस्था हाल एकदमै जोखिममा छ। कम उमेरमा बच्चा जन्माउँदा, गर्भावस्थामा जाँच नगर्दा वा आवश्यकताअनुसारका खोप नलिँदा, घरमै सुत्केरी हुँदा तथा बच्चा जन्मिसकेपछि समय समयमा बच्चालाई उचित खोप नदिँदा बालबालिका कुपोषणको सिकार हुनपुग्छन् 

सुनारका बच्चालाई छ महिनापछि आमाको दूधबाहेक थप आहार नदिएको पाइएको उहाँ बताउनुहुन्छ । यता सुनारले बच्चाले कुनै प्रकारका खाना नखाने गरेको हुँदा आफ्नो दूध मात्र खुवाउन बाध्य भएको हो भन्दै सुनारले भन्नुभयो, “बच्चाले मन पराउने फलफूल तथा खानेकुरा किन्ने हैसियत छैन आफूले खाने खाना उसले पटक्कै खान मान्दैन ।” 

श्रीमान् पनि क्षयरोगले ग्रसित हुनुहुन्छ । घरमा कमाउने मान्छे कोही छैन आयस्रोतका बाटाहरु नहुँदा दुईछाक टार्न पनि मुस्किल पर्न थालेको छ श्रीमान् र छोरीलाई कसरी बचाउँ उहाँले दुखेसो पोख्नुभयो । 

यसअघि कुपोषणबाट ग्रसित बेनेका रोल्पाका दुई बालकलाई केही महिनाअघि दाङको पोषणगृहमा पठाइएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो