मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम"/>

११ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

मङ्सिर १० देखि १४औं हस्तकला मेला

५ मंसिर २०७३, आईतवार १०:५५


मङ्सिर ५, काठमाडौँ । नेपाल हस्तकला महासङ्घले यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म १४ औँ हस्तकला मेला आयोजना गर्ने भएको छ । 

‘हस्तकला समृद्धिका सम्भावना’ भन्ने नारासहित राजधानीको भृकुटीमण्डमा आयोजना गरिने भएको छ । 

महासङ्घको आयोजना तथा वाणिज्य मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोगमा वार्षिकरुपमा यस्तो मेला आयोजना गर्दै आएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष धर्मरत्न शाक्यले जानकारी दिनुभयो । 

मेलामा २५ जिल्लाका सदस्य उद्यमीको प्रतिनिधित्व रहने तथा काष्ठकला, धातुकला, सुनचाँदी, उनी कपडा, सुती कपडा, पश्मिना, हाते कागजका सामान, प्राकृतिक रेशा, बाँसका सामानका साथै जडीबुटी, अर्थोडक्स चिया आदी बस्तुको प्रदर्शनी तथा बिक्रीका लागि राखिने छ । 

मेलामा सातवटा प्याभिलियनसहित १७६ स्टल रहने सो अवसरमा जानकारी दिइयो । सर्वसाधारणले रु ५० तथा विद्यार्थीले रु २५ प्रवेश शुल्कबापत तिर्नुपर्ने सो मेलामा दुई लाख आगन्तुक आउने अपेक्षा गरिएको छ । 

प्रत्येक वर्ष विदेशमा रु १० अर्ब र नेपालको आन्तरिक बजारमा रु १० अर्ब बराबरको हस्तकलाको कारोबार हुने गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । नेपालबाट हस्तकला सामाग्री निर्यात हुने अग्रमुलुकमा अमेरिका, चीन, जर्मनी, जापान, बेलायत, भारत पर्दछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति आज पनि बढ्यो सुनचाँदीको मूल्य एकताबद्ध हुन संयोजक दाहालको अपिल कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल मलेशियामा बिदेशी कामदारको अधिकारका लागि ऐतिहासिक कानूनी जित त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज