कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै उत्कृष्ट

२०७३, ५ मंसिर आईतवार ११:१३


कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला घोषित भएको छ । गतवर्ष दोस्रो स्थानमा रहेको अछाम स्वास्थ्य क्षेत्रका ३५ वटा सुचकहरुमा उत्कृष्ट नतिजा ल्याउदै प्रथम भएको हो । 

आर्थिक बर्ष २०७२।७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा शनिबार काठमाण्डौँमा अछामलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको बताईएको छ । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक अछाम ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् । 

स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याकन गर्दा १ सय प्रतिशतमा आफनो जिल्ला ९२ दशमलव ३७ प्रतिशत ल्याएर प्रथम भएको त्यहाँबाट जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो । 

अछाम जिल्ला देशभरमै प्रथम भईसकेपछि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले खुशि ब्यक्त गर्दै अछाम जिल्ला प्रथम हुनुको श्रेय अछामा ९ सय ४१ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ सय ५० भन्दा बढि स्वास्थ्य कर्मि, जिल्लाका सबै प्रभुत्व ब्यक्तिको साथ र सहयोगमा सफल भएको बताउनु भयो । गत वर्ष नेपालको दोस्रो हुदा पहिलो बनाउन चुनौती थपिएका बेला जिल्ला अस्पताल विकास समिती, जिल्ला स्थित राजिनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयको निकै साथ र सहयोगका रहेको बताउनु भयो । 

यतिबेला देशभरमै प्रथम भईसकेपछी अब अझै अगाडी थुप्रै चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्दै लैजान आफनो योजना रहने जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरका उत्कृष्ट १० संस्था भित्र पनी सुदुरपश्चिमका ५ जिल्लामा परेका छन । 

जसमा ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो, ८९ दशमलव ०३ प्रतिशतका साथ बझाङ चौथो, ८८ दशमला २२ प्रतिशतका साथ डोटी पाचौँ र ८८ प्रतिशतका साथ बाजुराले छैटौँ स्थान हासिल गरेको छ । यस्तै सबैभन्दा पुछारमा भने यस वर्ष मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै ५७ दशमलव ६५ प्रतिशतका साथ अन्तिममा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन