कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै उत्कृष्ट

५ मंसिर २०७३, आईतवार ११:१३


कमल रावल/मसिर ५, अछाम  । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा जिल्ला स्वास्थ्य कार्यालय अछाम देशभरमै यसबर्षको उत्कृष्ट जिल्ला घोषित भएको छ । गतवर्ष दोस्रो स्थानमा रहेको अछाम स्वास्थ्य क्षेत्रका ३५ वटा सुचकहरुमा उत्कृष्ट नतिजा ल्याउदै प्रथम भएको हो । 

आर्थिक बर्ष २०७२।७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा शनिबार काठमाण्डौँमा अछामलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरिएको बताईएको छ । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक अछाम ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् । 

स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा मुल्याकन गर्दा १ सय प्रतिशतमा आफनो जिल्ला ९२ दशमलव ३७ प्रतिशत ल्याएर प्रथम भएको त्यहाँबाट जिल्ला स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत मुकेश अधिकारीले बताउनु भयो । 

अछाम जिल्ला देशभरमै प्रथम भईसकेपछि जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख डाक्टर शरद चन्द्र बरालले खुशि ब्यक्त गर्दै अछाम जिल्ला प्रथम हुनुको श्रेय अछामा ९ सय ४१ जना महिला स्वास्थ्य स्वयमसेविका, ४ सय ५० भन्दा बढि स्वास्थ्य कर्मि, जिल्लाका सबै प्रभुत्व ब्यक्तिको साथ र सहयोगमा सफल भएको बताउनु भयो । गत वर्ष नेपालको दोस्रो हुदा पहिलो बनाउन चुनौती थपिएका बेला जिल्ला अस्पताल विकास समिती, जिल्ला स्थित राजिनितिक दल, सरकारी तथा गैरसरकारी कार्यालयको निकै साथ र सहयोगका रहेको बताउनु भयो । 

यतिबेला देशभरमै प्रथम भईसकेपछी अब अझै अगाडी थुप्रै चुनौती थपिएकाले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्दै लैजान आफनो योजना रहने जानकारी दिनु भयो । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा देशभरका उत्कृष्ट १० संस्था भित्र पनी सुदुरपश्चिमका ५ जिल्लामा परेका छन । 

जसमा ९२ दशमलव ३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९० दशमलव ४१ प्रतिशतका आधारमा बैतडी तेस्रो, ८९ दशमलव ०३ प्रतिशतका साथ बझाङ चौथो, ८८ दशमला २२ प्रतिशतका साथ डोटी पाचौँ र ८८ प्रतिशतका साथ बाजुराले छैटौँ स्थान हासिल गरेको छ । यस्तै सबैभन्दा पुछारमा भने यस वर्ष मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै ५७ दशमलव ६५ प्रतिशतका साथ अन्तिममा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य