मंसिर ५, पोखरा । पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । 

एक दश सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वष यता जुरमुराउन थालेको छ । अन्तर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मंसिर ५, पोखरा । पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । 

एक दश सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वष यता जुरमुराउन थालेको छ । अन्तर"/>

२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

नाटक ‘एक रुपैयाँ’ मञ्चनको तयारी

२०७३, ५ मंसिर आईतवार ११:२१


मंसिर ५, पोखरा । पोखरामा पछिल्लो समय नाटक मञ्चनले तिव्रता पाएको छ । 

एक दश सुसुप्त रहेको पोखरेली रगंमञ्च एक वष यता जुरमुराउन थालेको छ । अन्तराष्ट्रिय रक्सी भटटीसंगै जागेको पोखरेली रगंमञ्चमा गत भदौमा नाटक ‘मौसम हराएको देश’ मञ्चन भएको थियो । मौसम हराएको देश’ले दर्शकको साथ पाएपछि हौसिएको पञ्चामृत नाट्य समुह पोखराले नाटक ‘एक रुपैयाँ’को मञ्चन गर्ने तयारी गरेको छ । नाटक एक रुपैयाँको मञ्चन आगामी मंसिर १७ र १८ गते पोखरा उद्योग वाणीज्य संघको हलमा हुँदैछ । नाटक मञ्चनको लागि रिहर्सल सुरु भैसकेको छ ।

पोखरेली रंगमञ्चमा युवाहरुको आर्कषण बढ्दै गएकोले नाटकको मञ्चनले तिव्रता पाउन लागेको हो । यसले नाट्य क्षेत्रका दर्शक एवं शुभचिन्तकको नाटक हेर्ने तृष्णा मेटिएको मात्र नभई समग्र पोखरा नाटकमय बन्न थालेको छ । 

कृष्ण उदासीको लेखन तथा निर्देशन रहेको नाटकमा दिल प्रसाद गुरुङ, परिवर्तन, सवु पाठक, सितला अधिकारी, आशिष अधिकारी, रमेशबाबु तिमल्सिना, विवश बाबु, निलम तामाङ, ममता कार्कीको अभिनय रहने छ । नाटकमा सह–निर्देशन विष्णु प्रसाद गौतम, संयोजन परिवर्तन, प्रबन्धक उज्वल रेग्मी, मञ्च व्यवस्थापनको जिम्मा हेमन्त हितेषी, भेषभुषा र श्रृंगार दिपकमान उदास, कोरीयोग्राफिको जिम्मा निलम तामाङले पाउनुभएको छ ।

नाटक एक रुपैयाँमा मनोरञ्जन भन्दा अभिनयलाई प्राथमिकता दिइने नाटककार उदासीले बताउनुभयो । ‘बाध्यताले कसरी मानिसलाई गलत कार्य गर्न उत्पेरित गर्दछ भन्ने कुरा नाटक मार्फत देखाउन खोजका छौँ’ उहाँले भन्नुभयो । 

गाँउबाट शहर झरेका ४ जना युवति कसरी डान्सबारमा डान्स गरी दैनिक गुजारा गर्न बाध्य हुन्छन् भन्ने कुरालाई नाटक मार्फत पस्कने प्रयास गरिदैछ । आफ्नो मनोरञ्जनको लागि लाखौ रुपैयाँ खर्च गर्न सक्ने धनाड्य युवाहरु र आफ्नो अनि परिवारको भविष्य सुन्दर हुने अपेक्षाका साथ पैसाका लागि जे पनि गर्न तयार हुने युवतीको वास्तविक कथाको फ्युजन हो एक रुपैयाँ । शहरमा दैनिक रुपमा घट्ने यस्ता घटनालाई टपक्क टिपेर नाटकमा ढाल्दै समाजलाई सचेतना प्रदान गर्ने जमर्को उदासीले यो नाटक मार्फत गर्दैहुनुहुन्छ । 

उहाँको यो १ सय ५ औ नाटक हो । पञ्चामृत नाट्य समुहको तेस्रो प्रयासमा यो नाटक पोखरामा मञ्चन गरिन लागेको संयोजक परिवर्तनले जनाउनुभयो । समुहको पहिलो प्रयासमा गत बैशाखम पुलिस र प्यास नाटक मञ्चन गरिएको थियो । पञ्चामृत समुहले पोखरामा नाटकघर निर्माण गर्ने जनाएको छ । यो समुहले सडक नाटक समेत देखाउने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन