कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुक"/>

२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामका युवाहरु एचआईभी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर हुँदै

५ मंसिर २०७३, आईतवार १३:२१


कमल रावल/मङ्सिर ५, अछाम । अछाम जिल्लाका युवाहरु एच आई भी एड्स र यौन रोग न्यूनिकरणका लागि अग्रसर भएका छन । 

जिल्ला युवा संजाल अछामका सदस्यहरुका लागि आयोजीत एक अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुले आ आफ्नो क्षेत्रमा गएर यो अभियानलाई अगि बढाँउने प्रतिबद्धता जनाएका हुन । 

एच आई भी एड्स तथा यौनरोगको विषयमा २ दिनसम्म सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा सहभागि युवाहरुले एच आई भी तथा यौन रोग न्यूनिकरणका लागि सबैभन्दा बढी युवा र किशोर किशोरी अग्रसर हुनुपर्नेमा जोड दिएका हुन । 

युवाहरु कुनै न कुनै माध्ययमवाट समाजमा सक्रिय रुपमा सहभागि हुने र युवाहरुको भूमिका हरेक सकारात्मक कार्यका लागि महत्वपूर्ण हुने भएकाले समाज रुपान्तरणका लागि युवानै अग्रपंतिमा रहेकोमा सहभागिको जोड थियो । 

अहिले जिल्ला युवा संजाल अछामले प्रत्येक ईलाका र प्रत्येक क्षेत्रवाट युवाहरुलाई संगठित गरि बिभिन्न रचनात्मक र सकारात्मक क्रियाकलापमा आवद्ध गराईरहेकोले स्वस्थ समाज निर्माण गरि देश विकासका लागि युवाहरु थप जिम्मेवारी निर्वाह गर्न तयार रहेको संजालका जिल्ला अध्यक्ष होम बहादुर साउदले बताँउनुभयो । 

स्वंसेवी रुपमा समाजमा रचनात्मक र सकारात्मक क्रियाकलाप गरिरहेका युवाहरु समाज विकासमा चिन्तित हुनुपर्ने बेला आएको उहाँले बताँउनुभयो । जिल्लाको प्रत्येक टोल टोलमा युवा क्लव र संजालहरु सक्रिय रहेको हुनाले आफ्ना हरेक बैठक तथा सहभागिता रहने कार्यक्रममा पनि एच आई भि एड्स तथा यौन रोग नियन्त्रणका बारेमा वकालत गर्ने सहभागि युवाहरुले प्रतिबद्धता जनाएका छन । 

अभिमुखीकरण कार्यक्रममा जिल्ला स्वास्थय कार्यालय अछामको तर्फवाट डा. बिवेक पौडेल, जनस्वास्थय निरिक्षक झनकराज ढुंगाना, यू एन एफ पि ए अछामका प्रमुख भरत गोतामे, जिल्ला स्वास्थय कार्यालयका क्षय कुष्ट फोकल प्रशन पंकज कलौनी, अहेव प्रवेश भण्डारी लगायतले एच आई भि एड्स तथा यौनरोगको राष्ट्रिय अवस्था, अछाम जिल्लाको अवस्था, रोग न्यूनिकरणका लागि युवाहरुको भूमिका आदिवारे सहजिकरण गराँउनुभएको थियो । 

जिल्ला युवा संजाल अछामका सम्पूर्ण पदाधिकारी र बिभागिय प्रमुखहरुको सहभागिता रहेको उक्त अभिमुखीकरण कार्यक्रम यू एन एफ पी ए को आर्थिक सहयोग तथा जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र जिल्ला युवा संजाल संगको समन्वयमा संचालन भएको थियो । 

यस्तै, सोही कार्यक्रम ईलाका स्तरका युवा संजालका पदाधिकारीहरुका लागि पनि संचालन गरिएको थियो । शनिवार र आईतबार २ दिनसम्म ईलाका नम्वर १, ८, १० र १२ वाट युवा संजालमा आवद्ध युवाहरुको प्रशिक्षण दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने