१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लमजुङमा १ सय ६ वर्षीय चेपाङको मृत्यु

६ मंसिर २०७३, सोमबार ०६:२९

मङ्सिर ६, बेसीसहर । लोपोन्मुख चेपाङ समुदायका १०६ वर्षीय वृद्धको निधन भएको छ । 

जिल्लाकै ज्येष्ठ नागरिक बुद्धिबहादुर चेपाङको १०६ वर्षको उमेरमा आइतबार निधन भएको हो । वृद्ध चेपाङको निधनले चितीमा रहेको चेपाङ बस्ती शोकमग्न भएको छ । लोपोन्मुख जाति भएको कारण चेपाङ समुदाय जिल्लामै लोकप्रिय छ । त्यसमा पनि सयवर्ष नाघेका बुद्धिबहादुरको निधनले जिल्लावासीलाई दुःखित बनाएको छ । 

केही वर्ष अघिदेखिनै पिँढीबाट सर्न नसक्नुभएका वृद्ध चेपाङ पछिल्लो समय निकै कमजोर हुँदै आउनुभएको थियो । 

बुद्धिबहादुर जिल्लाका विभिन्न अवसरमा सम्मानित हुँदै आउनुभएको थियो र जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र सुन्दरबजारमा निर्माण गरिएको नमुना सामुदायिक अस्पतालको उद्घाटन उहाँबाटै गराइएको थियो । 

चेपाङ समुदाय जिल्लाको चिती गाविसको बरबोटबेसी र हिलेटक्सार गाउँमा रहँदै आएका छन् । चेपाङ बस्तीमा तीन महिना बनेरी बस्ने र नौ महिना मजदुरी गर्ने प्रचलन रहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो