मङ्सिर ६, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ । 

बौद्धनाथ क्षेत्र विकास "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ६, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ । 

बौद्धनाथ क्षेत्र विकास "/>

२०८२, ७ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बौद्धनाथ चैत्य सर्वसाधारणका लागि खुला हुने

२०७३, ६ मंसिर सोमबार ०७:१३

मङ्सिर ६, काठमाडौँ । बौद्धनाथ क्षेत्र विकास समितिले बौद्धनाथ चैत्य सर्वसाधारणको दर्शनका लागि मङ्गलबारदेखि खुला गर्ने भएको छ । 

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष सम्पूर्णकुमार लामाले विश्व सम्पदा सूचीमा सूचीकृत सो चैत्यको यही मङ्सिर ७ गते (भोलि) प्रधानमन्त्रीबाट उद्घाटन गरेपछि दर्शन खुला गरिने जानकारी दिनुभयो । 

सोही कार्यक्रममा चीनका धर्मगुरु इनसुनको पनि सहभागिता रहने समितिका अध्यक्ष लामाले बताउनुभयो । उक्त कार्यक्रमका लागि भारत, चीन, श्रीलङ्का, म्यान्मा, ब्राजिल, जर्मनी, जापान, थाइल्यान्डलगायत मुलुकका राजदूत तथा कूटनीतिक व्यक्तित्वलाई आमन्त्रण गरिएको छ । 

गत वर्षको वैशाखमा आएको भूकम्पका कारण चैत्यमा क्षति भएपछि सर्वसाधारणको दर्शनका लागि चैत्यभित्र प्रवेशमा प्रतिबन्ध लगाइएको थियो । करिब रु २३ करोडको लागतमा जीर्णोद्धार तथा पुनःनिर्माण सम्पन्न भएको समितिले जनाएको छ । 

सो चैत्यको जीर्णोद्धार सम्पन्न भएपछि आइतबार राति प्राणप्रतिष्ठा गरिएको छ । जीर्णोद्धारका क्रममा नजानेर अन्जानमा भएका त्रुटिबाट मुक्त हुनका लागि क्षमादान गर्दै प्राणप्रतिष्ठा गरिएको उक्त कार्यक्रममा महायानी सम्प्रदायअन्तर्गत निङ्मा, काग्यु, गेलुक र शाक्य सम्प्रदायका ठूला धर्मगुरुद्वारा विधि विधानपूर्वक विशेष पूजा गरिएको थियो । 

बौद्ध दर्शनको महायान तथा बज्रयान सम्प्रदायका विशिष्ट धर्मगुरुले शान्ति पाठसमेत गर्नुभएको थियो । प्राणप्रतिष्ठाको प्रक्रियापछि देवता चलायमान हुने विश्वास गरिन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी: १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता इरानमाथि दबाब क्रमिक रूपमा घटाइन्छ: डोनाल्ड ट्रम्प ठगीमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ बुटवल-नारायणगढ सडक अवरुद्ध पाथीभरामा पाँचौँ पटक हिमपात, दर्शनार्थीको घुइँचो इरानले नियन्त्रणमा लिएका नेपाली नागरिकको परिचय खुल्यो बसको ठक्करबाट दुई जना पैदल यात्रीको मृत्यु हावाहुरीसहितको वर्षाका कारण पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध बाबुको हत्या गरेर फरार रहेका छोरा डेढ महिनापछि पक्राउ गगन थापाको राजीनामा अस्वीकृत मौसम खराब भएपछि काठमाडौँको उडान प्रभावित काठमाडौँमा असिनासहितको वर्षा, दिउँसै अन्धकार हावाहुरीसहित असिना पानीको सम्भावना, सतर्कता अपनाउन आग्रह होर्मुजबाट एक नेपाली नागरिक इरानको कब्जामा