१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जाजरकोट - JKT

जाजरकोट अस्पतालमा आधुनिक डेन्टल सेवा सुरु

६ मंसिर २०७३, सोमबार ०७:१७

मङ्सिर ६, जाजरकोट। जाजरकोट जिल्ला जनस्वास्थ्य कार्यालयले आधुनिक डेन्टल सेवा सुरु गरेको छ । 

दाँतसम्बन्धी सबैखालका समस्या समाधान हुने कार्यालयका निमित्त प्रमुख चाँदनी जैसवालले बताउनुभयो । सो सेवाका लागि आवश्यक आधुनिक उपकरण जुटाइएको छ । यसअघि कार्यालयमा सामान्य खालको दन्तसेवा मात्र उपलब्ध थियो । 

आज आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको दाँतको उपचारसंगै सेवा सञ्चालन गरिएको हो । डेन्टल सेवा सञ्चालन गर्न विद्युत् नियमित आवश्यक पर्ने भएकाले लोडसेडिङका कारण चौबीसै घन्टा सेवा सञ्चालन गर्न नसकिने निमित्त प्रमुख जैसवालले राससलाई बताउनुभयो । 

भिडियो एक्स–रे, अन्य उपकरण सञ्चालनका लागि अधिक विद्युत चाहिने हुँदा जेनेरेटरको प्रयोग बढी खर्चिलो हुने भएकाले समस्या पर्नेे उहाँको भनाइ छ । आजदेखि सञ्चालन भएको यो सेवा निरन्तरता दिन सके जिल्लावासीका लागि निकै ठूलो राहत हुने प्रमुख जिल्ला अधिकारी गौतमले बताउनुभयो । यो सेवा नहुँदा बिरामीले नेपालगन्ज र रुकुमको चौरहारी धाउनु पथ्र्यो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो