१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा आन्दोलन चर्किंदै, प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा १२ जना घाईते

६ मंसिर २०७३, सोमबार ०९:०७

मङ्सिर ६, मुगु । स्थानीय निकाय पुनर्संरचना प्रक्रिया विवादका कारण मुगुमा आन्दोलन चकिदै गहेको छ । 

आज प्रदर्शन गरिरहेका स्थानिय र प्रहरी बिच झडप भएको छ । झडपमा १२ जना घाईते भएका छन् । दिउसोँ साढे १ बजेको जिल्ला सदरमुकाममा भएको मुटभेटमा प्रहरीले स्थानिय माथी ज्यादती भएको रारा गाउँ पालिका निर्माण सङघर्ष समितीले जनाएको छ । 

प्रहरीले गरेको लाठी चार्ज गर्दा आन्दोलनका लागी सदरमुकाममा आएका रारा, कालै र धैनकोट गाविसका स्थानिय घाईते भएका हुन् । घाईते हुनेमा हस्त बहादुर शाही, ज्ञान बहादुर शाही, डबल बम, सुर्य नेपाली, देविलाल मल्ल, गगने कामी, धर्मराज शाही, लोक बहादुर शाही, टाईगर शाही, सुर्य नेपाली, हिर जैशी र संखु जैशी रहेका छन् । 

घाईते हुनेहरु मध्येका हस्त बहादुर शाही र ज्ञान बहादुर शाहीको अवस्था चिन्ताजनक रहेको छ । घाईतेहरुको सदरमुकाममा रहेको स्थानिय मेडिकलमा उपचार भईरहेको छ । ९ वटा ईलाकाहरु रहेको मुगु जिल्लालाई ३ गाउँपालिका र १ नगरपालिका बनाउने खाका स्थानिय निकाय पुनसंरचना आयोगमा सिफारिस गरिएपछि जिल्लाको रारा, कालै र धैनकोट गाविसका गाउँस्तरका दलका नेता कार्यकर्ता र स्थानीय बासिन्दा बिगत २ हप्तायता आन्दोलनमा रहेका छन् ।

स्थानियले गएको शुक्रबार जिल्ला बिकास समिती र हिजो आईतबारबाट जिल्लाका सबैजसो कार्यालय बन्द गराएका थिए । सरकारी कामकाज प्रभावित भएपछि प्रहरीले जिल्लाका कार्यालयहरुको ताला खुलाएको छ । झडप भईरहेकै बेलामा जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय बैठक पनी पुनहं बस्ने निर्णय गर्दै स्थगित भएको छ । 

रारा, कालै र धैनकोट गाविसलाई जोडेर छुट्टै रारा गाउँपालिकाको माग गर्दै आन्दोलन गर्दै आएका स्थानियले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताउदै आएका छन् । नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो