१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पशुसेवा कार्यालय द्धारा मासु ब्यवशायीको मासु जफत

६ मंसिर २०७३, सोमबार १२:२९

दलसिंह गिरी/मङ्सिर ६, कालिकोट । अब्यवस्थीत तरिकाले खुला ठाउमा मासु विक्री वितरण गरेको भन्दै जिल्ला पशुसेवा कार्यालय द्धारा एक जना ब्यापारीको मासु जफत गरी विशर्जन गरिएको छ । 

जिल्ला सदरमुकाम मान्मको जिरोप्वाईन्ट बजारमा दैलेख जिल्ला पिपलकोट गाविस वडा नं. ५ बस्ने नरेश राईले खुला तथा अब्यवस्थीत तरिकाले बंगुर काटीमासु विक्रि वितरण गरेको भन्दै ३२ केजी मासु कब्जा गरी विशर्जन गरिएको हो ।

जिल्ला पशुसेवा कार्यालयका प्रमुख बज्रकिशोर ठाकुरको नेतृत्वमा गएको गस्ती टोलीले बंगुरको मासु जफत गरी जिल्ला प्रशासन कार्यालय, प्रहरी र पत्रकारको रोहोवरमा जिल्ला प्रशासन नजिकै जमिनमा गाडेर विसर्जन गरिएको छ । गस्ती टोलीले मासु जफत गर्नुका साथै बंगुर काट्न प्रयोग गरिएका १ बन्चरो, २ खुकुरी र ढक तराजु समेत कब्जा गरको छ ।

उता बंगुरको मासु विक्रेता तथा बंगुर पालक नरेश राईले आफुलाई खुला ठाउमा मासु विक्री वितरण गर्न मिल्दैन भन्ने बारे कुनै जानकारी नभएको र कालिकोटमा पहिलो चोटी आएकाले यहाको अवस्थाबारे जानकारी नभई खुला ठाउमा मासु विक्री गरेको बताउनु भएको छ । 

दैलेखको खिड्की जिउला क्षेत्रमा बंगुरपालन ब्यवशाय ब्यापक बढी मासु ग्राहक प्रयाप्त नभएका कारण कालिकोट ल्याएर विक्रि गर्न खोजेको तर जिल्ला पशुसेवाकार्यालयले मासु विक्रीवितरणको प्रक्रियाबारे कुनै पनि जानकारी नदिई मासु जफत गरेको भन्दै राईले दुखेसो पोख्नु भएको छ ।

यता जिल्ला पशुसेवा कार्यालयका प्रमुख ठाकुरले खुला मासु विक्री वितरण गर्न नहुने भन्दै जिल्लामा रहेका सम्पूर्ण मासु ब्यवशायीहरुलाई जानकारी गराईएको र विभिन्न संचार माध्यमबाट सन्देशमुलक सुचना पनि पटक पटक प्रशारण गरिरहेकाले जानकारीको अबज्ञा गर्दै खुला ठाउमा मासु विक्री वितरण गर्नेहरुको मासु जफत गरिएको बताउनु भएको छ । खुलाठाउमा मासु विक्री वितरण गरिएको भन्दै मासु जफत गरी विषर्जन गरेको यो जिल्लामै पहिलो घटना हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो