सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर"/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङको रक्षाचौर र देउखुरीको लमहीमा ‘पाँच मिनेटमै आँखाको उपचार’

६ मंसिर २०७३, सोमबार १४:३७

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ । राप्ती आखाँ अस्पताल रक्षाचौरले ५ मिनेटमै आँखाका विरामीहरुलाई सेवा दिने भएको छ । अब देखि विरामीहरुले राप्ती आँखा अस्पतालमा घण्टौ लाइनमा वसेर नाम लेखाउने र आँखाको चेक जाँच गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ । त्यसका लागि अस्पताले दुर्त सेवा सञ्चालन गरेको छ । विरामीहरुलाई छिटो छरितो सेवा दिने र समयको सदुपयोगका लागि दुर्त सेवा सञ्चालन गरेको राप्ती आँखा अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत शम्सेर थापाले जानकारी दिए ।

कामको व्यस्तता तथा विरामिको समयको पर्खाइलाई अन्त्यगर्दै राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालमा यो सेवा सुरु गरीएको उनले बताए । अप्रेसन वाहेक अन्य चेकजाँचहरु ५ देखि १० मिनेटमै सक्ने व्यवस्थाका साथ सेवा सुरु गरेको अधिकृत थापाले बताए । त्यसका लागि छुट्टै नाम लेखाउने र आँखा चेकजाँचको व्यवस्था गरिएको उनले जानकारी दिए ।

ओपिडीमा कुरेर राख्नुपर्ने वाध्यता अब समाप्त भएको थापाको दाबी छ । ‘विरामीहरुको मागलाई मध्यनजर गर्दै यो सेवा सुरु गरेका हौं, अब विरामी र अस्पताल दुवैलाई फाईदा पुग्ने छ ।’ अस्पतालका वरिष्ठ प्रशासकिय अधिकृत थापाले भने । उनले समयको माग र अस्पतालको सेवालाई प्रभावकारी बनाउन यस्तो सेवा सुरु गरेको बताए । तर, यस्तो द्रुत सेवा लिन चाहाने विरामीहरुले केही बढी शुल्क भने तिर्नुपर्ने उनले स्पष्ट पारे । अप्रेसन वाहेकका अन्य आँखाको चेकजाँचका लागि विरामीले दुई सय रुपैंया तिनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए । त्यसका लागि अस्पतालले छुटै र अतिरिक्त जनशक्तिको व्यवस्थापन गरेको अस्पताका नेत्र सहायक शालिकराम गौतमले जानकारी दिए । अन्य सामान्य ओपिडीका विरामीका लागि हाल ५० रुपंैया नाम लेखाउने शुल्क अस्पतालले लिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य