सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना "/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विषेश सुरक्षा योजना – डिआईजी नेपाल

६ मंसिर २०७३, सोमबार १४:४२

सन्तोषकुमार गुप्ता । मंसिर ६ दाङ ।  मध्यपश्चिम प्रहरी प्रमुख एवं डिआईजी माधव नेपालले दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा विशेष सुरक्षा योजना लागु गरिएको बताएका छन् । दाङको घोराहीमा सोमवार विहान आयोजित पत्रकार सम्मेलनमा उनले त्यस्तो बताएका हुन । अपराध नियन्त्रण, लागुऔषध ओसार पसार, गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा राखेर मध्यपश्चिमका १५ जिल्लाहरुका विशेष सुरक्षा योजना लागु गरिएको उनले जानकारी दिए ।

प्रहरीको विशेष सुरक्षा योजना लागु भएपछि सबैभन्दा धेरै सुधार दाङमा आएको पनि उनले बताए । डिआईजी नेपलालले भने ‘ अहिले दाङमा गुण्डागर्दी गर्ने, जुवा खेलाउनेहरु लुकेर बस्न बाध्य छन् ।’ उनले विशेष सुरक्षा योजनाले लागु औषध ओसार पसार गर्नेहरु समेत छिन्न भिन्न अवस्थामा पुगेको बताए । दर्जनौ पक्राउ पर्नु , कारवाही भोग्नुले कुनैपनि लागु औषध ओसार पसारको ट्रान्जिट प्याइन्ट जस्तै बनेको दाङमा अहिले उल्लेखनिय सुधार आएको डिआईजी नेपालले बताए । डिआईजी नेपालले दाङको सुरक्षाका लागि सिमा नाकामा थप ध्यान केन्द्रित गर्नुपर्ने धारणा समेत राखेका थिए ।

हेमराज हत्या काण्डमा प्रहरी गम्भीर अनुसन्धानमा

यसैबीच रेडियो तुलसीपुरका तत्कालिन अध्यक्ष हेमराज धितालको हत्यारा पहिचानको सवालमा अनुसन्धान जारी रहेको डिआईजी नेपालले बताएका थिए । पत्रकार महासंघ दाङका अध्यक्ष सुदिप गौतमले सोधेको प्रश्नको जवाफमा डिआईजी नेपालले हेमराज हत्या काण्डका वारेमा प्रहरीको हेडक्वाटर देखि जिल्ला प्रहरी र क्षेत्रीय प्रहरी गम्भिर ढंगले अनुसन्धानमा लागेको बताए । अनुसन्धान जारी रहेकोले हाल सम्म हत्याराको पहिचान हुन नसक्दा समस्या भइरहेको उनले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य