२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार्यालय विस्तार गर्दै प्रहरी परिसर ललितपुर

७ मंसिर २०७३, मंगलवार ०२:५०

मङ्सिर ७, ललितपुर । महानगरीय प्रहरी परिसर, ललितपुर आफू मातहतका प्रहरी कार्यालय विस्तार र भौतिक पूर्वाधार सुधारमा लागेको छ ।

नागरिकलाई प्रहरीसम्म सहज पहुँच पु¥याउनका लागि कार्यालयको सुधार गर्न लागिएको परिसरले बताएको छ । यही वर्ष मात्रै कालेश्वर र लाँकुरीभञ्ज्याङ गरेर दुई ठाउँमा नयाँ कार्यालयको स्थापना भइसकेको छ ।

आगामी वर्ष छ नयाँ ठाउँमा प्रहरी कार्यालयको स्थापना गर्ने योजना परिसरको छ । तीन ठाउँमा नयाँ प्रभाग र तीन ठाउँमा इलाका प्रहरी कार्यालयको स्थापना हुन लागेको हो । फर्सिडोल, नखिपोट र छम्पीको चुनिखेल गरेर तीन स्थानमा नयाँ प्रभागको तयारी भएको छ । सिद्धिपुर, टीकाथली र लामाटारमा इलाका प्रहरी कार्यालयको तयारी भइरहेको परिसरले जनाएको छ ।

डुकुछापको फर्सिडोलमा कार्यालय चाँडै स्थापना हुने परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक पीताम्बर अधिकारीले बताए। उनले भने, “झन्डै सबैखालका तयारी भइसकेकाले कार्यालय चाँडै खुल्दैछ ।” स्थानीयवासीसँगको सहकार्यमा बढी आवश्यक भएका ठाउँमा कार्यालय खुलाइएको उहाँले बताए।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले नागरिकको माग र आवश्यकताका आधारमा प्रहरीका नयाँ कार्यालयको स्थापना भइरहेको बताए। उनले भने, “माग भएका ठाउँमा साँच्चै आवश्यक भएमा प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिले सिफारिस गर्छ । जिल्लाको मागलाई गृह मन्त्रालयले हेरेर मात्रै स्वीकृति र जनशक्ति पठाउने गर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ