७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मिर्गौला रोगी बालिकालाई प्रवासीको सहयोग

७ मंसिर २०७३, मंगलवार ०३:३६

मङ्सिर ७, पर्वत । विगत चार वर्षदेखि मिर्गाैलाको रोगका कारण थलिएकी यहाँकी एक बालिकालाई प्रवासीले आर्थिक सहयोग गरेका छन् । 

रोजगारीका लागि पर्वतबाट दोहा कतारमा पुगेका युवाले पर्वतको राम्जाठाँटी गाविस–३ की १४ वर्षीया किशोरी अनिता शर्मालाई सहयोग गरेका हुन् । विगत चार वर्षदेखि मिर्गाैला रोगबाट पीडित बनेकी किशोरीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले पर्वत सम्पर्क मञ्च, दोहा, कतारले नगद रु ३० हजार सहयोग गरेको हो । 

उक्त रकम सोमबार कुश्मामा एक कार्यक्रमको आयोजना गरी पीडित किशोरीका बाबुु डिल्लीराम शर्मालाई नेकपा (एमाले)का अध्यक्ष पदम गिरीले हस्तान्तरण गर्नुभएको हो । 

दुईवटै मिर्गाैलामा समस्या देखिएपछि राजधानीका विभिन्न अस्पतालमा उपचार गराउँदै आएको उनले बताए । उनी अहिले नियमित औषधि सेवन गरिरहेकी छिन् । उनी गाउँमै रहेको सरस्वती निम्न माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकी छिन् । आर्थिक अवस्था निकै कमजोर रहेको उनको परिवारमा नियमित औषधोपचारका लागि रकम अभाव भएपछि विभिन्न दाताले सहयोग गर्दै आएका छन् । 

अनिताको उपचारका लागि हालसम्म रु तीन लाखभन्दा बढी खर्च भइसकेको बाबु डिल्लीराम शर्माले बताउनुभयो । उहाँले अहिले औषधी सेवनले काम गरेको र औषधिले काम गर्न छाडेपछि मिर्गाैला प्रत्यारोपण गर्नुपर्ने अवस्था आउने जानकारी दिनुभयो । उहाँले आफ्नी छोरीको उपचारका लागि आवश्यक सहयोग गरिदिन सबैलाई आग्रह गर्नुभएको छ । 

उहाँका दुई छोरी र दुई छोरा रहेका छन् । उक्त सहयोग रकम मञ्चका अध्यक्ष शेषराज तिमिल्सिनाको पहलमा सङ्कलन भएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा पूर्वराष्ट्रपति भण्डारीद्वारा एमाले नेतृत्वलाई बधाइ जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो गरोस् राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति