१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

आँखा उपचार केन्द्रद्वारा एम्बुलेन्स सेवा

७ मंसिर २०७३, मंगलवार ०३:४१

मङ्सिर ७, उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ गाईघाटमा अवस्थित आँखा उपचार केन्द्रले सोमबारदेखि औपचारिक एम्बुलेन्स सेवा सुरु गरेको छ । 

७० औँ गणतन्त्र दिवसको अवसरमा भारत सरकारद्वारा प्रदान गरिएको उक्त एम्बुलेन्स सोमबार गाईघाटस्थित आँखा उपचार केन्द्रमा एक औपचारिक कार्यक्रम आयोजना गरेर सेवा सुरु गरिएको कुरा आँखा उपचार केन्द्र गाईघाटले बताएको छ । 

झन्डै रु ३२ लाख मूल्य बराबरको उक्त एम्बुलेन्सबाट प्रदान गरिने सेवाले आँखा उपचारका लागि आउने बिरामी र अन्य बिरामीका लागि समेत प्रयोग गर्न सेवा प्रदान गरिने कुरा आँखा उपचार केन्द्र गाईघाटका अध्यक्ष भागवत राउतले बताउनुभयो । 

एम्बुलेन्स सेवा सञ्चालनमा दलितलाई १० प्रतिशत शुल्क छुटसहित सेवा प्रदान गरिन लागेको पनि अध्यक्ष राउतले बताउनुभयो । उक्त एम्बुलेन्स सेवा सञ्चालन कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा त्रियुगा नगरपालिकाका ज्येष्ठ नागरिक ९५ वर्षीय रत्नबहादुर परियारले उद्घाटन गर्नुभएको थियो । 

कार्यक्रममा उदयपुरका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरेले विशेष अतिथिका रुपमा बोल्दै आँखा अस्पतालले आफ्नो एम्बुलेन्स सेवा सुरु गरेर अब जनताको सेवा गर्ने मौका पाएका कारण अब सेवाग्राहीले सही र पारदर्शी सेवा पाउने बताउनुभयो । 

यस्तै, कार्यक्रमका सभापति राउतले आँखा उपचार केन्द्रले एम्बुलेन्स सेवा सञ्चालन गर्न सफल भएकोमा सबैलाई बधाई दिँदै सहयोगको लागि पनि अनुरोध गर्नुभयो । 

सातवर्ष अघि सगरमाथा चौधरी आँखा अस्पताल, लहानको अनुमति लिएर यसको उपशाखाको रुपमा स्थापना गरिएको गाईघाटस्थित आँखा उपचार केन्द्रले हाल उदयपुर, खोटाङ र सोलुखुम्बु तथा ओखलढुङ्गासम्मका जनतालाई सेवा दिइरहेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो