४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

घरबाट पानी बोकेर विद्यालय जानुपर्ने बाध्यता

७ मंसिर २०७३, मंगलवार ०३:५८

मङ्सिर ७, म्याग्दी । म्याग्दीको ओखरबोट गाविस–१, फूलबारीमा अवस्थित पुरुषोत्तम प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थी किताब कापीसँगै पिउने पानी समेत बोकेर विद्यालयमा आउन बाध्य छन् । 

गत साउनमा स्थानीय रितुङ खोलामा आएको बाढीले खानेपानीको पाइप बगाउनुका साथै खानेपानीका लागि बनाइएका संरचना भत्काइ दिएपछि ५० घर रहेको फूलबारीका सम्पूर्ण बासिन्दा र विद्यालयका विद्यार्थीलाई खानेपानीको सास्ती खेप्नुपरेको हो । 

छिमेकी गाविस निस्कोटबाट ल्याइएको खानेपानीको पाइप बगाएपछि पुनः मर्मत सम्भार तथा आपूर्तिमा समस्या भएको स्थानीय चूडामणि सापकोटाले बताउनुभयो । 

फूलबारीमा रहेका करिब ५० घरधुरी, स्थानीय पुरुषोत्तम प्राथमिक विद्यालयमा रहेका १०० विद्यार्थीलाई खानेपानीको समस्या भइरहेको छ । विद्यालयमा अध्ययरत विद्यार्थीले घरबाटै पानी लिएर विद्यालय जाने गरेका सापकोटाले बताउनुभयो । 

खानेपानी आपूर्तिमा सम्बन्धित निकायलाई पटकपटक जानकारी गराउँदा समेत सफल हुन नसकेका स्थानीयले खानेपानी अनावश्यकरुपमा प्रयोग नगर्न अनुरोध गर्दै गाउँ नजिकै रहेको मुहानबाट अस्थायी रुपमा आपूर्ति गरिरहेका छन् । 

खानेपानीको अभावका कारण दूषित पानीको प्रयोग समेत हुनसक्ने भएकाले उमालेर पिउन समेत विद्यार्थीमार्फत घरघरमा जानकारी पठाइएको छ । सानो कुवाबाट खानेपानीको प्रयोग गर्दै आइरहेको अवस्थामा जिविस, खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयलगायतका सङ्घसंस्थालाई समेत पहल गरिएको छ । 

जिल्लाको निस्कोट, रुम, ओखरबोट गाविसका साथै बागलुङको तमान, लाम्मेला, ढोरपाटनलगायतका क्षेत्रमा जाने मार्ग समेत रहेको फूलबारीलाई व्यापारिक क्षेत्रको रुपमा समेत चिन्ने गरिन्छ । 

खानेपानीसँगै नदीले कटान गरेपछि त्रसित अवस्थामा रहेका स्थानीयले जिविस र भूसंरक्षण कार्यालयबाट सानो बजेट उपलब्ध गराइएकाले तटबन्ध निर्माणमा समेत समस्या भएको बताएका छन् । बाढीले गाउँका पाँच घरपरिवार विस्थापित भएका थिए भने फूलबारीका थप ४५ घरधुरी जोखिममा रहेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ