२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको बारलामा ३ दिने घुम्ती शिविर संचालन हुने

२०७३, ७ मंसिर मंगलवार ०४:०८

कमल रावल/मङ्सिर ७,अछाम । अछाम जिल्ला सदरमुकामबाट टाढा रहेका जनतालाई लक्षित गर्दै अछाम जिल्लाको बारला गाविसमा एकीकृत घुम्ती शिविर संचालन गरिने भएको छ । सदरमुकाम आउन तथा जान समस्या हुने र टाढा रहेका जनतालाई लक्षित गर्दै एकीकृत घुम्ती शिविर संचालन गरिने जिल्ला प्रशाशन कार्यालय अछामले जनाएको छ । जिल्ला प्रशाशन कार्यालयको संयोजन तथा जिल्ला स्थित विभिन्न सरकारी कार्यालयको समन्वयमा यही मंसिर १२ गतेदेखि १४ गतेसम्म शिविर संचालन गर्न लागिएको हो । 

जिल्लाको पूर्वी क्षेत्रमा रहेका र सडक सञ्जालबाट समेत नजोडिएका बारला, कालेकाँडा, पुल्लेतोला र लयाँटी गाविसलाई लक्षित गर्दै शिविर संचालन गर्न लागिएको सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले जानकारी दिनुभयो । 

शिविरमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला निर्वाचन कार्यालयबाट फोटो सहितको मतदाता नामावलीमा नाम संकलन तथा अद्यावधिक, जिल्ला स्वास्थ्य कार्यालयबाट पुरुषका लागि स्थायी बन्ध्याकरण भ्यासेक्टोमी तथा स्वास्थ्य परिक्षण सेवा दिईने छ । 

यस्तै महिला तथा बालबालिका कार्यालयबाट अपांगता भएका व्यक्तिलाई परिचयपत्र समेत वितरण गरिने भएको छ । अपांगता भएका व्यक्तिलाई कष्ठकर यात्रा गर्दै जिल्ला सदरमुकाम सम्म आएर परिचय पत्र बनाउँदा हुने दुखबाट स्थानीय मुक्त भई गाउँमै परिचयपत्र पाउने बताईएको छ । 

शिविरमा जिल्ला कृषि विकास कार्यालयबाट निशुल्क बिउँ विजन वितरण तथा कृषि सम्बन्धि जानकारी दिईने छ भने जिल्ला पशु सेवा कार्यालयबाट कुकुरलाई रेबिज बिरुद्धको खोप, विभिन्न पशुको उपचार तथा पशु सम्बन्धि जानकारी दिईने सहायक प्रमुख जिल्ला अधिकारी भुषालले बताउनु भयो । 

शिबिर बारला गाविसको तिखापालतमा संचालन हुने छ । ४ गाविसलाई लक्षित गरी शिविर संचालन गरिने भएपनि आफुलाई पायक परेमा अन्य गाविसका स्थानीयलाई पनि सेवा दिईने बतार्ईएको छ । 

अछाम जिल्लाका दुर्गम तथा सदरमुकामबाट टाढा रहेका स्थानमा एकीकृत घुम्ती शिवर सञ्चालन गरि समय समयमा सेवा दिने गरिएको छ । पटक पटकका ऐककिृत घुम्ती सेवा शिविर मार्फत हजारौँ नागरिकले सेवा लिईएको जिल्ला प्रशाशन कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन