२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वाक नेपालको १९ औ वार्षिकोत्सवका अवसरमा विभिन्न ठाउँमा फलफुल वितरण

२०७३, ७ मंसिर मंगलवार ०४:२०

कमल रावल/मङ्सिर ७, अछाम  । वाक नेपाल अछामले आफ्नो १९ औ बाषिक उत्सबको अवसरमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका विरामिलाई फलफुल वितरण गरेको छ । उत्सवको अवसरमा जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल, प्राथमिक स्याहार केन्द्र बयालपाटामा भर्ना भएका ६७ जना विरामिका साथै ज्क्ष्ख् संक्रमितहरुलाई फलफूल वितरण गरिएको हो । 

फलफुल वितरण कार्यक्रम पछि बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर अतुल भारद्धाजले वाक नेपालले स्वास्थ क्षेत्र विशेष गरि एचआइभि एड्सका क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै सुभकामना ब्यक्त गर्नु भएको थियो । 

आगामि दिनमा संस्थाको प्रगतिको कामना समेत गर्नु भएको थियो । फलफुल वितरण कार्यक्रममा जिल्ला अस्पताल अछाममा वाक नेपालका अध्यक्ष मिन वहादुर कूवर, जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाज, वाक नेपालका कार्यकारी निर्देशक डम्बर रावल, सेभ द चिल्र्डेनका जिल्ला संयोजक छत्र मिश्र, बयालापाटा अस्पतालमा वाक नेपालका सचिव ममिन मिया, बयालपाटा अस्पतालका निमित्त निर्देशक सन्तोष ढुंगाना, लजिस्टिक संयोजक हिउदल के.सी लगाएत वाक नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमको समापन गर्दै वाक नेपालका अध्यक्ष कूवरले वाक नेपालले २०५४ सालमा स्थापना भई हाल सम्म सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको र सो कार्यमा सहयोग गर्ने दातृ निकाय र सरकारी कार्यालयलाइ धन्यवाद दिनु भएको थियो । कार्यक्रमको संचालन पहल कार्यक्रमका कार्यक्रम सयोजक प्रेम विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन