२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

वाक नेपालको १९ औ वार्षिकोत्सवका अवसरमा विभिन्न ठाउँमा फलफुल वितरण

७ मंसिर २०७३, मंगलवार ०४:२०

कमल रावल/मङ्सिर ७, अछाम  । वाक नेपाल अछामले आफ्नो १९ औ बाषिक उत्सबको अवसरमा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा भर्ना भएका विरामिलाई फलफुल वितरण गरेको छ । उत्सवको अवसरमा जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल, प्राथमिक स्याहार केन्द्र बयालपाटामा भर्ना भएका ६७ जना विरामिका साथै ज्क्ष्ख् संक्रमितहरुलाई फलफूल वितरण गरिएको हो । 

फलफुल वितरण कार्यक्रम पछि बोल्दै जिल्ला स्वास्थ्य कार्यालय अछामका डाक्टर अतुल भारद्धाजले वाक नेपालले स्वास्थ क्षेत्र विशेष गरि एचआइभि एड्सका क्षेत्रमा गरेका कामहरुको प्रशंसा गर्दै सुभकामना ब्यक्त गर्नु भएको थियो । 

आगामि दिनमा संस्थाको प्रगतिको कामना समेत गर्नु भएको थियो । फलफुल वितरण कार्यक्रममा जिल्ला अस्पताल अछाममा वाक नेपालका अध्यक्ष मिन वहादुर कूवर, जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाज, वाक नेपालका कार्यकारी निर्देशक डम्बर रावल, सेभ द चिल्र्डेनका जिल्ला संयोजक छत्र मिश्र, बयालापाटा अस्पतालमा वाक नेपालका सचिव ममिन मिया, बयालपाटा अस्पतालका निमित्त निर्देशक सन्तोष ढुंगाना, लजिस्टिक संयोजक हिउदल के.सी लगाएत वाक नेपालका कर्मचारीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रमको समापन गर्दै वाक नेपालका अध्यक्ष कूवरले वाक नेपालले २०५४ सालमा स्थापना भई हाल सम्म सामाजिक क्षेत्रमा निरन्तर काम गर्दै आइरहेको र सो कार्यमा सहयोग गर्ने दातृ निकाय र सरकारी कार्यालयलाइ धन्यवाद दिनु भएको थियो । कार्यक्रमको संचालन पहल कार्यक्रमका कार्यक्रम सयोजक प्रेम विकले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त… विशेष महाधिवेशन : आज बिहानैदेखि प्रतिनिधिको नाम दर्ता सुरु निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने