२०८२, १५ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

सस्तो ब्यापार मेलामा प्रदेश तारा हुने

२०७३, ७ मंसिर मंगलवार ०४:२६

मंसिर ७, पोखरा । पोखराको पृथ्वीचोकस्थित बास्तोल कम्प्लेक्समा आयोजना हुने दोश्रो सस्तो ब्यापार मेलामा नवप्रतिभाको खोजी अभियान अन्तर्गत खुल्ला नृत्य प्रतियोगिता (प्रदेश तारा) हुने भएको छ । 

नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यले प्रदेश अन्र्तगत पहिलो नृत्य प्रतियोगिता समावेश गरिएको ब्यापार मेलाका संयोजक माधव बस्तोलाले बताए । प्रदेश ताराको प्रथमले नगद ३० हजार,द्धितियले १५ हजार,तृतियले १० हजार र सान्त्वन हुन सफल दुई जनालाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संयोजक बास्तोलाले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।प्रदेश तारामा सोमबारसम्म ३० जनाले नाम दर्ता गरेको र मंसिर आठ गतेसम्म दर्ता समय रहेकाले अझै बढने बास्तोलाले बताए ।

उनका अनुसार विभिन्न जिल्लाहरुमा उत्पादित वस्तुको प्रवद्र्धनका साथै एकै थलोमा वस्तुको पहिचान र सेवालाई उपभोक्ता सम्म पु¥याउने, कम्प्लेक्स भित्रको व्यवसायको प्रवद्र्धन, साहित्य कला र संस्कृतिको प्रचारप्रसारका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य मेलाको छ । 

साथै मेलामा स्थानीय तथा घरेलु सामग्रीहरुको प्रचारप्रसार तथा प्रवद्र्धन र कृषि तथा उत्पादित वस्तुको बजारीकरणमा मेलाले सहयोग पु¥याउने उनले बताए ।मेलाको थप आकर्षणमा मेलामा लोक दोहोरी धमाका, विश्वका विभिन्न ठाउँमा पाइने सबै प्रकारका कुकुरको प्रदर्शनी, हिरादेखि जिरासम्म र नुनदेखि सुन सम्मका सम्पूर्ण सामान एकै थलोमा पाइने र कृषि प्रदर्शनी रहेको छ ।

३ करोड लागतमा निर्माण भएको कम्प्लेक्समा ३ सय २० सटर छन् । करिब १८ लाख खर्च लाग्ने अनुमान गरिएको मेलाको १ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । 

मेला अवधिमा कम्प्लेक्स भित्रका पसलमा सामान खरिद गर्दा विशेष छुटको व्यवस्था गरिएको छ ।बास्तोला कम्प्लेक्स माधव बास्तोला, बलराम बास्तोल, उमराज बास्तोला र बाबुराम आचर्याले सञ्चालनमा ल्याएका हुन् । कम्प्लेक्समा वाइफाइ र सिसि क्यामेराको व्यवस्था, पर्याप्त पार्किङको सुविधा लगायतका विशेषता छन् । पत्रकार सम्मेलनको संचालन नेत्रपाणी बास्तोलाले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा