१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

स्वास्थ्यको कार्यसम्पादनमा सुर्खेत दोस्रो

७ मंसिर २०७३, मंगलवार ०६:०४

गोविन्द बिश्वकर्मा/मङ्सिर ७, सुर्खेत । स्वास्थ्य मन्त्रालयले तय गरेको कार्यसम्पादन मूल्यांकनको आधारमा सुर्खेत दोस्रो स्थानमा पर्न सफल भएको छ । 

स्वास्थ्य मन्त्रालयले बर्षभरका लागि दिएको कार्यहरुको सम्पादन गरेको आधारमा उत्कृष्ठता छुट्याउने क्रममा सुर्खेत दोस्रो भएको हो । स्वास्थ्यको क्षेत्रमा ३५ वटा सुचक भित्र पर्ने खोप सेवा, सुरक्षित मातृत्व, संस्थागत सुत्केरी, गर्भचाँज, क्षयरोग, बेरुजु फ्रच्यौट, क्षेत्रिय स्वास्थ्यले दिएको अँक र जिल्लाको वार्षिक प्रतिवेदनको आधारमा सुर्खेतले दोस्रो स्थान पाएको हो । 

मूल्यांकनबाट पहिलो नम्बरमा अछाम यसबर्षको उत्कृष्ठ जिल्ला घोशित भएको छ । गतवर्ष अछाम दोस्रो स्थानमा थियो । सबैभन्दा पुछारमा भने मनाङ परेको छ । मनाङ गतवर्ष भन्दा दुई स्थान तल झर्दै अन्तिममा पुगेको हो । 

आर्थिक बर्ष २०७२/७३ को राष्ट्रिय समिक्षा गोष्ठीको अवसरमा अछामलाई सर्वोत्कृष्ठ जिल्ला घोषणा गरिएको थियो । मुल्यांकन टोलीले तयार पारेको ३५ वटा छुट्टा छुट्टै सूचकबाट प्राप्त अंकका आधारमा यसपटक ९२.३७ प्रतिशतको आधारमा अछाम प्रथम, ९०.५४ प्रतिशतको आधारमा सुर्खेत दोस्रो र ९०.४१ प्रतिशतका आधारमा बैतडी तेस्रो भएका छन् । 

सबैभन्दा कम उपलब्धी हासिल गरी पुछारमा अर्थात ७५ औँ स्थानमा पुगेको मनाङले ५७.६५ प्रतिशत अंक ल्याएको छ । अन्तिमबाट दोस्रो बनेको अर्थात ७४ औँ स्थानमा रहेको इलाम ६२.७८ प्रतिशत अंक ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो