२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पसको शुल्क बृद्धि फिर्ता लिन एक हप्ते अल्टिमेटम

२०७३, ७ मंसिर मंगलवार ०६:१४

विनोद डाँगी/मंसिर ७, रोल्पा । जलजला बहुमुखि क्याम्पस लिबाङ रोल्पाका विद्यार्थिहरुले आज क्याम्पस प्रशासन सामु ५ बुदे ज्ञापनपत्र पेश गरेका छन । 

सबै संकायका विद्यार्थि तथा विद्यार्थि संघका प्रतिनिधिहरुको आज विहान बसेको संयुत्त बैठकले क्याम्पसमा विद्यार्थिलाई मारमा पार्ने गरि शुल्क बढाइएको भन्दै शुल्क फिर्ता लिन एक हप्ताको अलिटमेटम समेत दिएका छन । विद्यार्थिको तर्फबाट विबिएस तेस्रो बर्षमा अध्यनरत विद्यार्थि विनोद डाँगीले ज्ञापन पत्र पढेर क्याम्पस प्रमुख कृष्ण प्रसाद न्यौपानेलाइ हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख न्यौपानेले विद्यार्थिहरुको मागमा आफु सकारात्मक रहेको भन्दै जतिसक्दो चाडो व्यवस्थापन समितिमा छलफल गराउने बताउनुभएको थियो । पेश गरिएको ज्ञापनपत्रको मुख्य माग बढाइएको शुल्क साविककै अवस्थामा कायम गरिनुपर्ने राखिएको छ ।

यस्तै अन्य मागहरुमा शुल्क बृद्धि फिर्ता लिन एक हप्ताको समयसिमा दिने, उत्त समयसम्म क्याम्पस प्रशासनले चासो नदिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्व्यं क्याम्पस प्रशासनले लिनुपर्ने, क्याम्पस हस्तान्तरणको काम तत्काल अगाडि बढाउनुपर्ने, व्यवस्थापन समितिको बैठकमा विद्यार्थिको तर्फबाट २ जनाको सहभागिता हुनुपर्ने र लाइब्रेरी क्याम्पस संचालनको समयमा खुला रहनुपर्ने, दैनिक पत्रपत्रिका तथा बाह््य पुस्तकहरु उपलब्ध गराउनुपर्ने रहेको छ ।

ज्ञापनपत्र पेश कार्यक्रममा नेविसंघ रोल्पाका अध्यक्ष शेर बहादुर थापा, सचिव नारायण रेग्मि जिज्ञासु, योगेन्द्र रोकामगर, अखिल क्रान्तिकारि रोल्पा जलजला बहुमुखि क्याम्पसका अध्यक्ष उमेश पुन मगर, सम्पुर्ण विद्यार्थि तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन