१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

जलजला क्याम्पसको शुल्क बृद्धि फिर्ता लिन एक हप्ते अल्टिमेटम

७ मंसिर २०७३, मंगलवार ०६:१४

विनोद डाँगी/मंसिर ७, रोल्पा । जलजला बहुमुखि क्याम्पस लिबाङ रोल्पाका विद्यार्थिहरुले आज क्याम्पस प्रशासन सामु ५ बुदे ज्ञापनपत्र पेश गरेका छन । 

सबै संकायका विद्यार्थि तथा विद्यार्थि संघका प्रतिनिधिहरुको आज विहान बसेको संयुत्त बैठकले क्याम्पसमा विद्यार्थिलाई मारमा पार्ने गरि शुल्क बढाइएको भन्दै शुल्क फिर्ता लिन एक हप्ताको अलिटमेटम समेत दिएका छन । विद्यार्थिको तर्फबाट विबिएस तेस्रो बर्षमा अध्यनरत विद्यार्थि विनोद डाँगीले ज्ञापन पत्र पढेर क्याम्पस प्रमुख कृष्ण प्रसाद न्यौपानेलाइ हस्तान्तरण गर्नुभएको थियो ।

ज्ञापन पत्र बुझ्दै प्रमुख न्यौपानेले विद्यार्थिहरुको मागमा आफु सकारात्मक रहेको भन्दै जतिसक्दो चाडो व्यवस्थापन समितिमा छलफल गराउने बताउनुभएको थियो । पेश गरिएको ज्ञापनपत्रको मुख्य माग बढाइएको शुल्क साविककै अवस्थामा कायम गरिनुपर्ने राखिएको छ ।

यस्तै अन्य मागहरुमा शुल्क बृद्धि फिर्ता लिन एक हप्ताको समयसिमा दिने, उत्त समयसम्म क्याम्पस प्रशासनले चासो नदिए त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मा स्व्यं क्याम्पस प्रशासनले लिनुपर्ने, क्याम्पस हस्तान्तरणको काम तत्काल अगाडि बढाउनुपर्ने, व्यवस्थापन समितिको बैठकमा विद्यार्थिको तर्फबाट २ जनाको सहभागिता हुनुपर्ने र लाइब्रेरी क्याम्पस संचालनको समयमा खुला रहनुपर्ने, दैनिक पत्रपत्रिका तथा बाह््य पुस्तकहरु उपलब्ध गराउनुपर्ने रहेको छ ।

ज्ञापनपत्र पेश कार्यक्रममा नेविसंघ रोल्पाका अध्यक्ष शेर बहादुर थापा, सचिव नारायण रेग्मि जिज्ञासु, योगेन्द्र रोकामगर, अखिल क्रान्तिकारि रोल्पा जलजला बहुमुखि क्याम्पसका अध्यक्ष उमेश पुन मगर, सम्पुर्ण विद्यार्थि तथा प्राध्यापकहरुको सहभागिता रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो