मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखा"/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

दक्षिण रोल्पामा बालविवाहको दर घट्दै

२०७३, ७ मंसिर मंगलवार ०६:५०


मङ्सिर ७, रोल्पा । दक्षिण रोल्पामा बालविवाह गर्नेक्रम घट्दै गएको देखिएको छ । मानव अधिकार सचेतना केन्द्र, रोल्पाले गरेको पछिल्लो सर्वेक्षणले सो दर घटेको देखाएको हो ।

जिल्लाका घर्तीगाउँ, तालावाङ, कोर्चवाङ, गैरीगाउँ, जौलिपोखरी, जेद्वाङ र करेटी गाविसमा गरिएको सर्वेक्षणले यस्तो अवस्था देखाएको हो ।

सन् २०१४ मा उल्लेखित गाविसमा बालविवाहको दर ४८ प्रतिशत रहेकोमा सन् २०१६ मा घटेर ४६ प्रतिशतमा झरेको मानव अधिकार सचेतना केन्द्र, रोल्पाका कार्यकारी निर्देशक राजु आचार्यले जानकारी दिए ।

ती गाविसमा सानै उमेरमा विवाह गर्ने तथा रोजगारीका लागि इँटाभट्टामा काठमाडाँ जानेको सङ्ख्या अधिक रहेकाले तीनवर्षअघि बालविवाह र बालश्रम न्यूनीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गरिएको थियो ।

गाविसस्तरमा सचेतनामूलक कार्यक्रम, घरदैलो भेटघाट, सार्वजनिक सुनुवाइ तथा वैकल्पिक शिक्षा एवम् जीविकोपार्जन सुधारका कार्यक्रम सञ्चालन गरिएका कारण सो दर घटेको हुरेक, रोल्पाका कार्यक्रम संयोजक कुमार पोख्रेलले जानकारी दिए ।

बीचमा पढाइ छाडेका ३५१ जना बालबालिकालाई १०० दिनको वैकल्पिक कक्षामार्फत विद्यालय भर्ना गरिएको पोख्रेलले बताए । उल्लेखित गाविसमा ४५४ जना बालश्रमिक रहेकोमा १४३ जनालाई पुनःस्थापना गरिएको समेत उनले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन