१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

रोल्पामा घुम्ती अनुशिक्षण गर्दै प्रहरी

७ मंसिर २०७३, मंगलवार ०७:३१

मङ्सिर ७, रोल्पा । समाजमा हुने घटना सफलताका साथ अनुसन्धान गर्दै प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ जिल्ला प्रहरी कार्यालयले अपराध अनुसन्धानसम्बन्धी घुम्ती अनुशिक्षण तालिम सञ्चालन गरेको छ । 

जिल्लामा कार्यरत प्रहरी हवल्दार तथा जवानका लागि आयोजित छदिने सो तालिममा लागुऔषध नियन्त्रण, बालविवाह र बहुविवाह न्यूनीकरण, जबर्जस्ती करणी, चोरी तथा हत्या जस्ता फौजदारी कानुनसम्बन्धी अनुसन्धानको ज्ञान हस्तान्तरण गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले जानकारी दिनुभयो । 

यही मङ्सिर २ गतेदेखि सुरु भएको तालिम तीन चरणमा सञ्चालन गरिने छ । हरेक चरणमा १२ हवल्दार र २५ जवानको सहभागिता रहने बताइएको छ ।

विगतमा मुद्दा हेर्ने प्रहरी कर्मचारीलाई मात्र सो तालिम दिइँदै आएकामा यस पटकदेखि भने अन्य प्रहरी कर्मचारीलाई पनि सो तालिम दिन लागिएको जनाइएको छ । 

तालिमले जिल्लाको अपराध अनुसन्धानमा सहयोग गर्ने अपेक्षा गरिएको छ । तालिम प्रशिक्षकका रुपमा प्रहरी नायब निरीक्षक नीलकण्ठ ढकाल र प्रहरी सहायक निरीक्षक भाष्कर चन्द रहनुभएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो