मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका नि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका नि"/>

२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारी कार्यालयका प्रमुखले नै गरे दुई दिन पछाडिको हाजिर

७ मंसिर २०७३, मंगलवार ०८:५७

मङ्सिर ७, काठमाडौँ । राजधानीमा एक सरकारी कार्यालयका प्रमुखले दुई दिनअघि नै पछाडिको हाजिर गरेको भेटिएको छ ।

वैदेशिक रोजगार विभाग काठमाडौँ, कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद दवाडीले त्यस्तो हाजिरी गरेको पाइएको हो । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु साहसहित सांसदको टोलीले विभागमा गत कात्तिक ३० गते स्थलगत अध्ययन तथा अनुगमन गर्दा दवाडीले यही मङ्सिर २ गतेसम्मको हाजिरी गरेको भेटिएको हो ।

अनुगमन टोली जाँदा सोही दिन समेत दवाडी कार्यालयमा अनुपस्थित रहेको सभापति साहले जानकारी दिए। सो दिन ३० कर्मचारी अनुपस्थित थिए। दुई दिन वा सोभन्दा बढी समयसम्म स्वीकृत नगराई अनुपस्थित हुने कर्मचारी १८ जना थिए । एक जना कर्मचारी त बिदा स्वीकृत नगराई १४ दिनदेखि अनुपस्थित थिए ।

अनुगमनसम्बन्धी समितिले आज समितिमा प्रतिवेदन प्रस्तुत गर्दै सेवाग्राहीबाट रकम सङ्कलन गर्न एभरेस्ट बैंक लिमिटेडको एउटा मात्रै काउन्टर कार्यालयमा हुँदा चार/पाँच घन्टा लाग्ने भएकाले बहुबैंकिङ प्रणालीमा गई अन्य बैंक मार्फत पनि राजस्व सङ्कलनको व्यवस्था मिलाउने, व्यक्तिगत श्रम स्वीकृतितर्फ कागजात दर्ता गर्न काउन्टर थप गर्ने, व्यक्तिगत श्रम स्वीकृतिका निम्ति कागजात जाँच गर्ने कार्य दुई तहमा मात्रै सीमित गर्न सुझाव तथा निर्देशन दिएको हो ।

हाल प्रयोगमा रहेको सफ्टवेयरलाई विस्थापन गरी नयाँ सफ्टवेयर सञ्चालन गर्न, अनलाइनबाट फाराम सङ्कलन व्यवस्था मिलाउन, सूचना प्रविधिसम्बन्धी कर्मचारीको अभाव हुन नदिन, अरबी भाषा अनुवादकको सङ्ख्या बढाउन, कर्मचारी प्रशासन चुस्त दुरुस्त बनाउन तथा विद्युतीय हाजिरीको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको छ ।

प्रहरी प्रशासनको सहयोग लिई कार्यालयमा बिचौलिया र दलाललाई कारबाही गर्ने र कारबाहीमा परेकाको नाम कार्यालय परिसरमा सार्वजनिक रुपमा टाँस्ने व्यवस्था मिलाउन समेत प्रतिवेदनमा सिफारिस गरिएको छ।

सङ्घीय संरचना अनुरुप सातै प्रदेशमा विभागको कार्यालयको स्थापना गरी श्रम स्वीकृतिसम्बन्धी कार्य विकेन्द्रित गर्न तथा बिदामा आएका कामदारलाई विमानस्थलबाटै पुनः श्रम स्वीकृतिको व्यवस्था गर्न निर्देशन दिएको छ। समितिले क्षतिपूर्ति सहितको नागरिक बडापत्र कार्यान्वयन गर्न निर्देशन दिएको छ ।

यसैबीच समितिको आजको बैठकले चौकीदारका रुपमा वैदेशिक रोजगारीमा जाने कामदारको पूर्व र अन्तिम श्रम स्वीकृति दिन लगाइएको रोक फिर्ता लिने निर्णय गरेको छ ।

समितिका सभापति साहले अन्य वैदेशिक रोजगारी संस्थामाथिको रोक हटाइए पनि ठगीको उजुरी परेका त्यस्ता संस्थालाई भने छानबिन नसकिएसम्म श्रम स्वीकृतिमा रोक यथावत् रहेको जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ