माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको"/>

२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको धानखोलामा ३ कोठे बिद्यालय भवनको उदघाटन

२०७३, ७ मंसिर मंगलवार ०९:२०


माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको ३ कोठे भवनको समद्घाटन गरिएको छ । 

जिल्ला शिक्षा अधिकारि हरि गौतम द्धारा सोमवार रिवन काटि उद्घाटन गरिएको हो । २०६४ सालमा स्थापना भइ यस क्षेत्रका विद्यार्थीको  भविष्य उज्यालो गराउदै आएको विद्यालयले निम्न माध्यमिकका कक्षाहरु पनि सन्चालन गर्ने भएको छ ।

जिल्ला शिक्षा कार्यलय कपिलवस्तु र स्थानिय जनश्रमको सहयोगमा ३ कोठे पक्कि भवन निमार्ण गर्न सफल भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण घर्तिले वताए ।

जिल्लाको दुर्गम ठाउ भएको कारण यस गाउमा वालवालिकाहरु शिक्षा वाट वन्चित रहेकोले जिल्ला शिक्षा कार्यलय कपिलवस्तुले यस क्षेत्रको विद्याालयलाई प्रथमिकता दिनुपर्ने अभिभावकले वताएका छन ।

विद्यालयमा आर्थिक आम्दानिको स्रोत अत्यान्तै कमि भएकाले यस विद्यालयले कुनै पनि विज्ञान सवन्धि उपकरण खरिद गर्न नसकेको विद्यालय व्यावस्थापन समितिका सदस्य दिनेश पुनले दुखेसो पोखे । 

अन्य विद्यालयहरुमा कम्पियुटरका कक्षाहरु सन्चालन भएतापनि यस विद्यालयमा अझै सम्म विद्युत पुग्न सकेको छैन । विद्यार्थीहरु कम्पियुटर देख्न समेत पाएका छैनन । यस वर्ष देउसि भैलो वाट संकलित ३० हजारले विद्यालयमा एक कम्पियुटर खरिद गर्ने योजना वनाएको  विद्यालयका प्र अ सुनिल पुनले वताए ।

शिक्षकरुको दरवन्दि कमि भएकाले यस विद्यालयमा निजि स्रोत वाट शिक्षकलाई राखेको कारण यस विद्यालयमा शिक्षकको दरवन्दि वढाउनु पर्ने विद्यालय व्यावस्थापन समितिले माग राखेको छ ।

तोकेको समय भन्दा अगाडि नै यस विद्यालयले भवन निमार्णको काम गरि सफल भएकोमा  जिल्ला शिक्षा अधिकारि हरि गौतमले धन्यवाद दिनु भएको छ ।  गौतमले विद्यालयमा आवश्यक पर्ने कुरालाई स्थानियहरुले माग गरेमा आफुले माग पुरा गर्न पहल गर्ने समेत प्रतिवद्धता गर्नुभएको छ ।

जिल्ल शिक्षा कार्यलय कपिलवस्तुवाट १९ लाख ५० हजार अनुदान र स्थानिय जनश्रमदान सहयोग २ लाख ९२ हजार ५ सय गरि जम्मा २२ लाख ४२ हजार ५ सयमा भवन निमार्ण भएको थियो ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा