माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको"/>

१२ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको धानखोलामा ३ कोठे बिद्यालय भवनको उदघाटन

७ मंसिर २०७३, मंगलवार ०९:२०


माधव वेल्बासे/मङ्सिर ७, कपिलवस्तु  । कपिलवस्तु जिल्लाको पश्चिमि क्षेत्र तथा जिल्लाकै दुर्गम ठाउ शिवगढि ३ धानखोला स्थित शिवराज निम्न माध्यमिक विद्यालयको ३ कोठे भवनको समद्घाटन गरिएको छ । 

जिल्ला शिक्षा अधिकारि हरि गौतम द्धारा सोमवार रिवन काटि उद्घाटन गरिएको हो । २०६४ सालमा स्थापना भइ यस क्षेत्रका विद्यार्थीको  भविष्य उज्यालो गराउदै आएको विद्यालयले निम्न माध्यमिकका कक्षाहरु पनि सन्चालन गर्ने भएको छ ।

जिल्ला शिक्षा कार्यलय कपिलवस्तु र स्थानिय जनश्रमको सहयोगमा ३ कोठे पक्कि भवन निमार्ण गर्न सफल भएको विद्यालय व्यावस्थापन समितिका अध्यक्ष लक्ष्मण घर्तिले वताए ।

जिल्लाको दुर्गम ठाउ भएको कारण यस गाउमा वालवालिकाहरु शिक्षा वाट वन्चित रहेकोले जिल्ला शिक्षा कार्यलय कपिलवस्तुले यस क्षेत्रको विद्याालयलाई प्रथमिकता दिनुपर्ने अभिभावकले वताएका छन ।

विद्यालयमा आर्थिक आम्दानिको स्रोत अत्यान्तै कमि भएकाले यस विद्यालयले कुनै पनि विज्ञान सवन्धि उपकरण खरिद गर्न नसकेको विद्यालय व्यावस्थापन समितिका सदस्य दिनेश पुनले दुखेसो पोखे । 

अन्य विद्यालयहरुमा कम्पियुटरका कक्षाहरु सन्चालन भएतापनि यस विद्यालयमा अझै सम्म विद्युत पुग्न सकेको छैन । विद्यार्थीहरु कम्पियुटर देख्न समेत पाएका छैनन । यस वर्ष देउसि भैलो वाट संकलित ३० हजारले विद्यालयमा एक कम्पियुटर खरिद गर्ने योजना वनाएको  विद्यालयका प्र अ सुनिल पुनले वताए ।

शिक्षकरुको दरवन्दि कमि भएकाले यस विद्यालयमा निजि स्रोत वाट शिक्षकलाई राखेको कारण यस विद्यालयमा शिक्षकको दरवन्दि वढाउनु पर्ने विद्यालय व्यावस्थापन समितिले माग राखेको छ ।

तोकेको समय भन्दा अगाडि नै यस विद्यालयले भवन निमार्णको काम गरि सफल भएकोमा  जिल्ला शिक्षा अधिकारि हरि गौतमले धन्यवाद दिनु भएको छ ।  गौतमले विद्यालयमा आवश्यक पर्ने कुरालाई स्थानियहरुले माग गरेमा आफुले माग पुरा गर्न पहल गर्ने समेत प्रतिवद्धता गर्नुभएको छ ।

जिल्ल शिक्षा कार्यलय कपिलवस्तुवाट १९ लाख ५० हजार अनुदान र स्थानिय जनश्रमदान सहयोग २ लाख ९२ हजार ५ सय गरि जम्मा २२ लाख ४२ हजार ५ सयमा भवन निमार्ण भएको थियो ।


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आइतबार एमाले सचिवालय बैठक निर्वाचनमा सहभागी हुने प्रमुख दलका शीर्ष नेताहरूको प्रतिबद्धता निर्वाचनलाई सफल बनाउन दलहरुसँग प्रधानमन्त्रीको आग्रह प्रधानमन्त्री कार्की र तीन शीष नेताबीच छलफल जारी जेनजी आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु सरकारले नागरिकमा विश्वास र आशा जगाउने प्रयास गरेको छः गृहमन्त्री अर्याल जापानको टोकियो नजिकै सडक दुर्घटना, दर्जनौँ घाइते कानुनी र प्रक्रियागत अवरोध नहटाएसम्म द्रुत विकासको सपना पूरा हुँदैनः मन्त्री घिसिङ शान्ति प्रक्रियामा ६० दिनको युद्धविराम आवश्यकः जेलेन्स्की देश नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक प्रधानमन्त्री कार्कीसँग प्रमुख दलका शीर्ष नेताबीच छलफल हुँदै शान्ति प्रयासमा कूटनीतिक समन्वय आवश्यकः ट्रम्प ७५० केजी गाँजासहित दुई जना पक्राउ लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ यी स्थानमा काटिदैछ बिजुली गाडीको ठक्करबाट एक जनाको मृत्यु रोक लगाइएको २१ बर्षपछि इराकमा कार्यरत हजारौं नेपालीहरुले पाउने भए श्रम-स्वीकृति निर्वाचनको विकल्प छैन : संयोजक दाहाल राजनीतिमा धैर्यता र समर्पण आवश्यक : महासचिव पोखरेल