सम्राट सिंह/मङ्सिर ७, बझाङ । बझाङ जिल्लाको विकट गाविस काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीहरु धर्नामा बसेका छन । 

जिल्लाको आधाभन्दा बढी भूग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सम्राट सिंह/मङ्सिर ७, बझाङ । बझाङ जिल्लाको विकट गाविस काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीहरु धर्नामा बसेका छन । 

जिल्लाको आधाभन्दा बढी भूग"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

काँडा गाविसलाई छुट्टै गाउँपालिकाको माग राख्दै धर्ना

७ मंसिर २०७३, मंगलवार १०:४९


सम्राट सिंह/मङ्सिर ७, बझाङ । बझाङ जिल्लाको विकट गाविस काँडालाई छुट्टै गाउँपालिकाको माग राख्दै काँडाबासीहरु धर्नामा बसेका छन । 

जिल्लाको आधाभन्दा बढी भूगोल ओगटेको काँडा गाविसलाई भूगोलको आधारमा छुट्टै गाउँपालिकाको माग राख्दै टाउकोमा काटो पट्टी बाँधेर जिविस प्राङगणमा धर्नामा बसेका हुन ।

आफुहरुले स्थानिय निकाय पुर्नसंरचना समिति र राजनितिक दलसँग  छुट्टै गाउँपालिका बनाउनु पर्ने पटक पटक लिखित मौखीक आग्रह गर्दा समेत सम्बन्धीत निकायहरुले आफुहरुको माग सम्बोधन नगरेकाले  काँडाबासीहरुले आन्दोलनका चरणहरु अगाडी सारेको काँडाका सुरेन्द्र बोहराले बताए । 

काँडा गाविस भौगोलिक हिसावले बझाङ जिल्लाकै सबैभन्दा बिकट गाविस भएकोले गाउँपालिका पुर्नसंरचना आयोगले पठाएको नयाँ खाका आफुहरुका लागी अमान्य भएको उनको भनाइ छ । 

आफुहरुका माग प्रति सम्बन्धीत पक्षले आनाकानी गरेमा जिल्ला स्थित सरकारी कार्यालयमा तालाबन्दी गर्ने, जिल्ला प्रशासन कार्यालय बझाङलाई आफुहरुले प्राप्त गरेको नेपाली नागरीताको प्रमाण पत्र फिर्ता बुझाउने लगायतका अन्य आन्दोलनका कार्यक्रम गर्ने काँडाबासीले जनाएको  छ । 

काँडा गाविसबासीको मागका लागी समितिको बैठक बसी छलफल भइरहेको स्थानिय पुर्नः संरचना समितिले जनाएको छ । 


तस्बिर: जिल्ला विकास समितिको प्राङगणमा टाउकोमा कालोपट्टी बाँधेर धर्नामा बसेका काँडाबासीहरु तस्बीर सम्राट सिंह बझाङ


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो