सुमन मल्ल/मङ्सिर ७, मुगु । अलग गाउँ पालिकाको माग गर्दै सरकारी तथा गैर सरकारी कार्यालय आईतवार देखि बन्द गराउदै आएका रारा,कालै र धैनकोट गाविसका स्थानीयवासीले मंगलबार बजार बन्द गराउन खोज्ने सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सरकारी तथा गैर सरकारी कार्यालय अलग गाउँ पालिकाको माग गर्दै आएका स्थानीयले बन्द गराए पछि सर्व साधारण सेवा लिनबाट बञ्चित भएकाले स्थानीय प्रशासनले प्रहरी परिचालन गरि मंगलबार १२ बजेबाट कार्यालय सञ्चालनमा ल्याएको छ ।
यस क्रममा बन्द गराउन खोज्ने आन्दोलनका संयोजक दानबहादुर शाही , धर्मराज शाही, देवीलाल मल्ल, परुनाथ योगि, जयबहादुर शाही, राजेन्द्र शाही र जितेन्द्र बमलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दिउसो १२ बजेबाट सरकारी तथा गैर सरकारी कार्यालय खुले पछि कार्यालयका काम काज सञ्चालनमा आएका छन । जिल्ला प्रशासन कार्यालयले सबै सरकारी कार्यालयमा प्रहरी तैनाथ गरेको जनाएको छ ।