मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । <"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । <"/>

१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा लाग्ने चालिसवाँ ताजिया मेला सम्पन्न

७ मंसिर २०७३, मंगलवार ११:३६


मोहम्मद ईजहार शेष/मङ्सिर ७, नवलपरासी । मोहर्ररमको ठिक चालिसौं दिनमा मनाईने चालिसंवा ताजिया मेला आज नवलपरासीको जहदा स्थित मझौनीमा पनि सम्पन्न भएको छ । 

जहदा र र बडहरा दुबौलिया गाविसको संयुक्त आयोजनामा हिजो चालिसंवाको अवसरवाट लगाईएको ताजिया मेलाको आज मदरसा ईस्लामिया संघ नवलपरासीका जिल्ला सदस्य कुर्बान अलि अन्सारीको प्रमुख आतिथ्य तथा मझौनी मदरसाका अध्यक्ष जाहिद हुसैनको अध्यक्षतामा एक कार्यक्रम गरि उद्घाटन तथा शुभकामना आदान प्रदान गरिएको छ । 

ईस्लाम धर्मका संरक्षक हजरत ईमाम हुसैन ईस्लामका लागि सहिद भएको सम्झनामा अर्बी महिनाको मोहर्रर १० तारिखका दिन ताजिया मेला सम्पन्न गरि सम्झीने गरिन्छ भने मुस्लिम संस्कृति अनुसार ४० दिनमा क्रिया स्वरुप आजको दिनलाई चालिसंवा गरि समझीने गरिन्छ । 

चालिसंवाका दिनपनि साना ताजियाहरु निर्माण गर्ने गरिन्छ भने थकरी, लाठिभाला लगायतका सांस्कृतिक खेलहरु पनि प्रर्दसन गर्ने गरिन्छ । आज जहदा र बडहरा दुबौलियामा लगाईएको मेलामा पनि थकरी, लाठिनाच लगायतका सांस्कृतिक कार्यक्रम गरिएको बताईएको छ । 

मोहर्रम पर्व मुस्लिम हिन्दु दुबैले मान्ने भएकाले यो पर्वले धार्मिक सदभाव कायम हुने भएकाले आफुहरु यो मेला वर्षादेखि संयुक्त रुपमा आयोजना गर्दै गरेको स्थानीय समाजसेवी सुखाडि चौधरीले बताउनु भयो । 

उक्त अवसरमा जहदा स्थित भटौलिया मदरसाका अध्यक्ष मोहम्मद रफिक, ऋिषिदेव पाण्डे, मौलाना साम्सुद्दिन अन्सारी, राजमुल अन्सारी लगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो