प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   व"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   व"/>
२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गुल्मी - GLM

मृगौला पिडित वालकको जिवन रक्षार्थ सहयोग संकलन

७ मंसिर २०७३, मंगलवार १६:०८

प्रेम सुनार/मङ्सिर ७, गुल्मी । गुल्मीको वाग्ला गाविसका मृगौला पिडित एक वालकको जिवन रक्षार्थ स्थानियवासीले सहयोग संकलन अभियानलाई तिव्र पारेका  छन् ।   वाग्ला –७ दुवानेटाका ठग प्रसाद घिमिरेका १६ वार्षिया छोरा सुय घिमिरे दुवै मृगौला फेल भई यति वेला जिवन मरणको दोसाँधमा रहेका छन् ।

उनलाई उपचारका लागि काठमाण्डौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिए पनि  परिवारजनले उपचार खर्चको अभावमा फर्किनु पर्ने अवस्था भए पछि स्थानियवासी सहयोग संकलनमा जुटेका हुन् ।

 स्थानियवासी चुरामणी घिमिरे, मधु घिमिरे, गंगा घिमिरे, सुर्य घिमिरे र सुर्य खनालको टोली कार्तिक ५ गते देखि सदरमुकाम तम्घासमा निरन्तर खट्दै चन्दा संकलन अभियान तिव्र पारेका छन् । खनालले दिएको जानकारी अनुसार हाल सम्म तम्घासबाट  ६६  हजार ३ सय २५  संकलन भएको छ । सहयोग गर्ने क्रम जारी रहेको छ ।

 विशेष गरी चुरामणी घिमिरे र मधु घिमिरेको सक्रियतामा  विभिन्न सरकारी कार्यालय, संघ संस्था र उद्योगी व्यवसायीहरुबाट राम्रो सहयोग संकलन भएको खनाललले बताए ।   घिमिरे वन्धुहरुले सदरमुकामबाटै सामाजिक सञ्जाल मार्फत पनि देश विदेशमा रहेका नेपालीहरु संग सहयोगको अपिल गरेको र  केहि रकम वाहिरबाट पनि जुट्ने क्रम जारी रहेको बताईएको छ ।  

   मृगौला पिडित वालकका परिवार विहान वेलुकाको गुजारा चलाउन नसक्ने र उनिहरुको पुरै घर–सम्पत्ती बेचे पनि छोरालाई बचाउन नसक्ने अवस्था भए पछि वाग्लाका शिक्षक वुद्धिजिवी, राजनैतिक दल  र  देश विदेशमा रहेका अन्य वाग्लावासीले पनि सहयोग संकलन अभियान चलाई रहेको  चुरामणी घिमिरेले जानकारी दिए । पिडित वालक वाग्लाको भगवती उच्च माविका कक्षा ११ का विद्यार्थी हुन् ।   तस्वीरः अस्पतालको शैयामा जिवन रक्षाको अपिल गर्दै मृगौला पिडित वालक सुर्य घिमिरे

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव