मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर ग"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर ग"/>
७ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

डा. पुरीको अभियान एक बोट कागती र एक बोट हिउँदे सिमी

८ मंसिर २०७३, बुधबार ०५:३४

मंसिर ८ पर्वत । तपाईलाई अचम्म लाग्ला यो सुन्दा कि एक सामाजिक अभियन्ताले प्रत्येक एक घर एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर गाउँ गाउँ डुल्दै छन् ।
    फेरि उनको अभियान समाजको रुपान्तरण र विकास गर्ने छ । प्रत्येक एक घरमा एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिई समाज रुपान्तरण र विकासको अभियान लिएर हिड्ने व्यक्ति हुन् डा.लक्ष्मण पुरी । प्राकृतिक चिकित्सक पुरी पुराना वामपन्थी राजनीतिक व्यक्तित्व समेत हुन् ।
    डा. पुरी प्रकृति मानव प्रेमी समाज नेपाल नामक संस्था मार्फत् आफ्नो अभियानलाई अगाडि बढाउदै छन् । उनको संस्थाको मूल नारा नै आजको आवश्यकता प्रकृति मानव हितैषी स्वास्थ्य व्यवस्था भन्ने छ । किन यस्तो एक बोट हिउँदे सिमी र दुई बोट कागती हुर्काउने अभियान लिएर हिड्दै हुनुहुन्छ भन्ने प्रश्नमा सामाजिक अभियन्ता डा.पुरी भन्छन्(‘राजनीतिक नेतृत्वले ठुला ठुला विकासका नारा र सपना लिएर जनताको भोट माग्न गाउँ छिरे तर केही गरेनन् । ठुला नारा र सपना भन्दा पनि सानैबाट समाजको रुपान्तरण गरिनुपर्छ भन्ने मेरो मान्यता हो ।’ पर्वतका गाउँबाट     रोजगारका लागि खाडी जाने युवाहरुको ठुलो संख्या भएको र खेती योग्य जमिन बाँझो छाड्ने प्रवृत्तिलाई रोक्न आफूले यस्तो अभियान लिएर हिडेको उनको तर्क छ । डा.पुरीले भने(‘यो अभियान सुन्नमा अचम्म भएपनि यथार्थमा यसले दिने सन्देश र व्यवहारिक फाइदा ठुलो छ ।’ ‘हिउँदे सिमी एक झाल मात्र भयो भने यसले दिने उत्पादनले सिंगो परिवारलाई वर्षभरि धान्दछ । कागतीको एक वोट राम्रोसँग जोगाउन सकियो भने पनि यसको लाभ बहुआयामिक हुन्छ ।
    यससँगै अन्य धेरै       कुराहरु गर्दै जान सकिन्छ ।’ भन्ने डा. पुरीको भनाई छ । खासगरी युवाहरुलाई गाउँमै कृषक उपजतिर व्यावसायिक रुपमा लाग्नुपर्छ भन्ने सन्देश आफ्नो अभियानको मूलमर्म भएको दावी उनको छ । युवाशक्तिलाई आहार, विहार र विचार सम्वन्धि सचेतना जगाउने भन्ने अभियन्ता डा. पुरीको अर्को उद्देश्य छ । यसका लागि उनको संस्थाले मुलुकका वाग्मती, राप्ती, नारायणी, गण्डकी र लुम्विनीका ३० भन्दा बढी जिल्लामा प्राकृतिक स्वास्थ्य योग र ध्यान सम्वन्धि जनचेतनामूलक कार्यक्रम संचालन गरिसकेको छ । पर्वत जिल्लाको सन्दर्भमा उनले पहिलो चरणमा विद्यालयका ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई समावेश गरी ‘नेचर हुमेन स्टुडेन्ट युथ क्लव’ गठन गर्ने छन् । यसका लागि स्थानीय साधन र स्रोतको परिचालन गरिने उनले बताए । समुदायबाट लिएर समुदायलाई नै देऊ भन्ने सिद्धान्त अनुसार क्रमश यो अभियान जिल्लाभरि लागू गर्दै जाने दावी सामाजिक अभियन्ता डा. पुरीको छ । जिल्ला विकास समिति पर्वतका पुर्व सदस्य समेत रहेका उनले वर्तमान विग्रदो प्राकृतिक, सामाजिक वातावरण र मानिस आफ्नै कारण विभिन्न खाले रोगबाट जीर्ण बन्दै गएको अवस्थामा आफ्नो अभियानले सकारात्मक परिणाम दिने विश्वास अभियन्ता डा.पुरीको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गाँजासहित एकजना पक्राउ सुनको मूल्यमा नयाँ रेकर्ड पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ : महामन्त्री थापा ‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीको चासो नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ: मन्त्री खरेल सिंहदरबार धाइरहेका सहिदका बुबा भन्नुहुन्छः छोराको बलिदान खेर नजाओस् नेकपालाई बहुमत दिनुस्, जनअपेक्षा पूरा गर्छौँ ः सहसंयोजक नेपाल युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी निर्वाचनमा होमिने जनता र राजनीतिक दलको चाहना छः संयोजक दाहाल मुलुकलाई राजनीतिक निकास दिन एमाले अझ क्रियाशील हुने अपेक्षा रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु रवि लामिछानेले देश निर्माणका लागि जुनसुकै त्याग गर्न तयार रहेको बताए मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता तोडिन्छः मन्त्री घिसिङ पर्यटन व्यवसायीलाई चिनियाँ भाषा तालिम बालश्रम अन्त्यका लागि सरकार र नागरिक समाजले हातेमालो गर्न आग्रह गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा