मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना"/>
१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान

८ मंसिर २०७३, बुधबार ०५:३५

मंसिर ८ पर्वत ।प्राकृतिक विपत्तिबाट कसरी जोगिने     भन्नेबारेपर्वतका केही विद्यालयका विद्यार्थी र शिक्षकसम्म सचेतना अभियान पुराइएको छ । यो अभियान लैजाने काम पर्वतमा क्रियाशील सामाजिक संस्था इम्प्रेड नेपालले गरेको हो ।
    विगत आठ महिना देखि पर्वतका १० वटा सामुदायिक विद्यालयहरु पशुपति मावि राम्जा, नवजागृत मावि तिलाहार, तुलोदय मावि तिलाहार, आम्वारी मावि बर्राचौर, त्रिभुवन मावि शंकरपोखरी, राम मावि रानीपानी, नेपाल तारा मावि रानीपानी लगायतमा सचेतना अभियान संचालन गरिएको छ । संस्थाले खासगरी विनाशकारी भूकम्पबाट प्रभावित विद्यालयका विद्यार्थीहरुलाई सचेतना अभियानमा सहभागी गराएको कार्यक्रम संयोजक ऋषि पौडेलले जानकारी दिएका छन् । सचेतना अभियानले विद्यार्थीलाई भूकम्पपछि कसरी सुरक्षित हुने, विद्यालयबाट कसरी बाहिरिने, प्राथमिक उपचार विधि, सुरक्षित भौतिक संरचना निर्माण लगायतका विषयमा जानकारी दिएको छ । संस्थाले संचालन गरेको वृहत्तर विद्यालय सुरक्षा ढाँचाको कार्यान्वयन परियोजनाको कार्यावधि सकिएको छ ।
    परियोजनाको समाप्तिसँगै सचेतना अभियान संचालन भएको पशुपति मावि राम्जामा बहिरगमन योजना तथा सिकाई आदानप्रदान कार्यक्रमको आयोजना गरियो ।
     प्राकृतिक विपत्तिबाट सुरक्षित बन्न सचेतना अभियान कार्यक्रममा बोल्ने विद्यार्थीहरुले सचेतना अभियानबाट आफूहरुले भूकम्प जस्तो प्राकृतिक विपत्तिमा कसरी सुरक्षित हुनेबारे धेरै कुरा जानकारी भएको बताए । दश कक्षामा अध्ययनरत छात्रा सम्झना केसीले भनिन्(‘भूकम्पबाट कसरी बच्ने र प्राथमिक उपचार कसरी गर्ने भन्ने बारे धेरै सिक्ने अवसर मिल्यो ।
    यो सिकाईलाई समाजमा गई व्यवहारमा उतार्ने छु ।’ सिकाई कार्यक्रममा सहभागी शिक्षक राजु आचार्यले प्राकृतिक विपत्ति भूकम्पको मात्र नभई बाढी, पहिरो लगायतबारे समेत थप जानकारी दिने र अलि बढी प्रयोगात्मक शिक्षा दिन सकेको भए राम्रो हुने धारणा राखे । अभियानका लागि प्लान ईन्टरनेशनल, युरोपियन युनियन लगायत संस्थाको सहयोग छ । सचेतना अभियानबारे जानकारी लिन सहायक जिल्ला शिक्षा अधिकारी नेत्रनारायण सापकोटा, प्लान ईन्टरनेशनल क्षेत्रीय कार्यालय बाग्लुङ प्रम्ुख नितु आचार्य, इन्प्रेड नेपालका अध्यक्ष पुष्प पौडेल, कार्यकारी निर्देशक राजु पौडेल, जिविस सामाजिक परिचालन अधिकृत प्रकास लम्साल लगायत पत्रकारको टोली पशुपति मावि, नवजागृत माविमा पुगेको थियो भने अनुगमन टोलीमा सहभागी सदस्यहरु सिकाई आदानप्रदान कार्यक्रममा समेत सहभागी थिए । इन्प्रेड नेपालका कार्यक्रम संयोजक ऋषि पौडेलले परियोजनाबारे जानकारी गराएका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ बालेनले बोलेको ‘मधेसी छौरा’का सन्दर्भमा महेश बस्नेतले मागे माफी पार्टी नफुटोस् भनेर मैले बीचको बाटो लिएँ: शेखर कोइराला पानी जमेको खाल्डोमा डुबेर एक जनाको मृत्यु बैतडीमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्ने कुरा हुँदैन: केपी ओली नेपाललाई नेदरल्यान्ड्सले दियो १४१ रनको लक्ष्य सुनचाँदीको मुल्य घट्यो पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो